विजेता वडा नम्बर ७ को टिम
कमल । नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर ७ ले जितेको छ ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा शनिवार सम्पन्न ‘प्रथम कमल एमाले कप’को फाईनलमा वडा नम्बर ३ लाई शुन्यका विरुद्ध ४ गोल गर्दै वडा नम्बर ७ विजयी भएको हो ।

उपविजेता वडा नम्वर ३
वडा नम्वर ७ ले प्रतियोगिताको उपाधी संगै नगद २५ हजार ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता वडा नम्वर ३ ले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सर्वाधिक गोलकर्ता मनोज गुरुङ
वडा नम्बर ७ का तर्फ बाट जर्सी नम्बर १० का सुक बहादुर राई र जर्सी नम्बर ११ मान बहादुर लावतीले दुईदुई गोल गर्दै आफ्नो टिमलाई विजयी गराउनु भएको थियो ।
फाईनल खेलको म्यान अफ द म्याच र प्रतियोगिताको सर्वोकृष्ट खेलाडी वडा नम्बर ७ का जर्सि नम्वर १० का सुक्र बहादुर राई हुनुभएको छ ।

त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता वडा नम्वर ३ का जर्सि नम्वर ७ का मनोज गुरुङ (४गोल), उत्कृष्ट गोलकिपर वडा नम्वर ७ का जर्सि नम्वर १ का रोशन श्रेष्ठ, वेष्ट डिफेण्डर वडा नम्वर ७ का जर्सि नम्वर ३० का चन्द्र प्रसाद लिम्बु, वेष्ट मिडफिल्डर वडा नम्वर ७ का चन्द्र प्रकाश लिम्बु, वेष्ट परवार्ड वडा नम्वर ७ का जर्सि नम्बर ११ का मान बहादुर लावती हुनु भएको छ ।

प्रतियोगितामा विजेता टिम र खेलाडीलाई नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्किले केन्द्रिय सदस्य दिपक कार्की, रोमनाथ ओली, मेनुका काफ्ले,होम वहादुर थापा लगाएतले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
फाईनल खेल भन्दा अगाडी अनेमसंघ कमल गाउँकमिटी र कमल गाउँपालिकामा नेकपा एमाल बाट निर्वाचित महिला नजप्रतिनीधी बिच भएको मैत्री पुर्ण खेल गोल रिहत बराबरी भएको थियो ।
’