logo
शुक्रबार, साउन २९ २०८३

नेम्बाङको पहलमा आगलागी पीडित गड्तौलालाई आर्थिक सहयोग


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन ९ २०८१

कमल । आगलागी पीडित एक परिवारलाई राजनीतिकर्मी तथा सामाजिक ब्याक्तित्व दुर्गा नेम्बाङको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेता नेम्बाङको नेतृत्वमा सङ्कलित २० हजार रुपैंयाँ बिहिबार आगलागी पीडित शिबसताक्षी १ धरमपुरका टंकप्रसाद गड्तौलाको परिवारलाई प्रदान गरिएको थियो ।

बिहिबार एक कार्यक्रमको आयोजना गरि नेम्बाङले गड्तौलालाई आर्थिक सहयोग हस्तान्त्रण गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी झापाका सदस्य समेत रहनुभएका शिबसताक्षी–१ धरमपुरका नेम्बाङले स्थानियलाई साह्रो–गाह्रो र अपठ्यारोमा सहयोग गदैृ आउनु भएको छ । अवस्था कमजोर भएका गड्तौला परिवारलाई आर्थिक सहयोग गरेको नेम्बाङले बताउनुभयो ।गत फागुन १ गते गड्तौलाको घरमा आगलागी भएको थियो ।

८६ बर्षिय गड्तौलाका ८ छोरीहरु र २ जना छोराहरु छन् । तर, पछिल्लो समय गड्तौला आफ्नो नातिनीसंग बस्दै आउनु भएको छ ।

विद्युत सेवा विस्तार, बिद्युतको पोल र क्षमतासेवा, सिचाई, कृषि, नदी नियन्त्रण, सडक निर्माण, शान्त्सिुरक्षा, स्वास्थ्य, लागुऔषधविरुद्ध जनचेतना, खेलकुद, साहित्य र सरसफाई लगायतका कार्यमा नेता नेम्बाङले महत्वपूर्ण भूमिका पुर्याउँदै आइरहनुभएको छ ।

यसैबीच, नेता नेम्बाङले आगलागी पीडित गड्तौला परिवारलाई सहयोग उपलब्ध गराउनुभएको हो । सो क्रममा नेता नेम्बाङले रुपैयाँको हिसावले यो सहयोग सानै भएनी, तत्कालका लागि गड्तौला परिवारलाई यो सहयोग ठूलो हुनसक्ने बताउनुभयो ।

घर आगोले खरानी भएपछि, गड्तौला परिवार खुल्ला आकाश मुनी जीवन बिताइरहेका छन् । नगर र वडा कार्यालयसहित स्थानीयवासीहरुले दिएको सहयोगको भरमा गड्तौला परिवारको जीवन गुज्रिरहेको छ । आगलागी पीडित गड्तौलाको अवस्था कमजोर रहेको र सहयोगको आवश्यक रहेको नेता नेम्बाङले बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend