उपाधी जित्न सफल शहिद धर्मभक्त मा.वि.
कमल । कमल गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शहीद धर्मभक्त माध्यमिक विद्यालयले कमल ३ ले को छ ।
कमल ३ स्थित केर्खा खेल मैदानमा गत फगुन २ गते बाट सञ्चालन भएकोको प्रतियोगितामा ९ स्वर्ण ७ रजत र २ कास्य सहित शहीद धर्मभक्त माध्यमिक विद्यालयलले उपाधी जित्न सफल भएको हो । यो जित संगै लगातार तिन पटक उपाधि जित्न समेत विध्यालय सफल भएको छ ।
त्यसैगरी कमल ७ स्थित सरस्वती माध्यमिक विध्यालयले ८ स्वर्ण ६ रजत र ४ कास्य सहित दोश्रो भएको छ भने । कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयले ७ स्वर्ण ६ रजत र २ कास्य प्राप्त गरि प्रतियोगिताका तृतिय स्थान हाँसिल गर्न सफल भएको छ ।

छात्र तर्फको भविवलमा प्रथम नरेन्द्र जनता मा वि
त्यस्तै प्रतियोगितामा छात्र तर्फको भविवलमा नरेन्द्र जनता माध्यमिक विध्यालयल प्रथम भएको छ . त्यस्तै पाथिभरा माध्यामिक विध्यालय उपविजेता भएको छ भने लालिमा माध्यमिक विध्यालय तृतिय भएको छ । छात्रा तर्फको भलिवलमा लालिमा माध्यमिक विध्यालय प्रथम , वण्डरल्याण्ड माध्यमिक विध्यालय उपविजेता र निहारिका माध्यमिक विध्यालयले तृतिय स्थान हाँसिल गरेको छ ।
प्रतियोगितामा उतकृष्ट हुने विध्यालय र खेलाडीलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, शिक्षा समितिका सदस्य बद्री कार्की,शिक्षक महासंघ कमलका अध्यक्ष मोहन बगाले,प्याब्सन कोशी प्रदेशका सचिव गौरिमान फागोलगायले शिल्ड, ट्रफि र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

छात्र तर्फको भविवलमा उपविजेता पाथिभरा मा वि
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यवाद दिंदै प्रतियोगिता सञ्चालनका क्रममा भएका सानातिना कमि कमजोरीलाई अगामी दिनमा सुधार गर्दै लाने प्रतिवद्धता सहित लगातार तिन फटक उपाधी जित्न सफल शहीद धर्मभक्त माध्यमिक विद्यालयललाई नगद २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गर्नु भयो ।
प्रतियोगितामा आफ्नो विध्यालय र पालिकालई खेलकुदका माध्यम बाट चिनाउन स्थानिय तह , प्रदेश र राष्ट्रिय स्तर सम्मका खेलाडीलाई छात्रवृत्ती लगायतका सेवा सुविधा उपलब्ध गराउने तर्फ स्थानिय पालिकाले ध्यान दिनु पर्ने प्याब्सन कोशी प्रदेशका सचिव गौरिमान फागोले बताउनु भयो । त्यस्तै कमल का ३ वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले अहिले सम्म खेलकुद लाई पाठ्यक्रममा समावेश नगरेकोले सोचे जस्तो खेलकुदको क्षेत्रमा विकास हुन सकेको छैन त्यसैले आगामी दिनमा खेलकुदलाई पाठ्याक्रममा नै समावेश गर्न आवश्यक रहेको बताउनु भयो ।

छात्रा तर्फको भलिवलमा प्रथम , लालिमा मा वि
छात्र तर्फ कबड्डी
छात्र तर्फ कबड्डीमा प्रथम– श्री मंगलमय माध्यमिक विध्यालय द्वितीय श्री शहीद धर्मभक्त माध्यमिक विध्यालय र तृतीय वन्डरल्यान्ड माध्यमिक विध्यालय ।
छात्रा तर्फ कबड्डी
छात्रा तर्फ कबड्डीमा प्रथम बाँसबारी माध्यमिक विध्यालय द्वितीय श्री शहीद धर्मभक्त माध्यमिक विध्यालय र तृतीय श्री वन्डरल्यान्ड माध्यमिक विध्यालय ।

छात्रा तर्फको भलिवलमा उपविजेता वण्डरल्याण्ड मा वि
१५०० मिटर दौड तर्फ
१५०० मिटर दौड (छात्र) तर्फ प्रथम श्री नरेन्द्र जनता माध्यमिक विध्यालयका सुनिल बुढाथोकी,द्वितीय श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयका भीमबहादुर थापा र तृतीय श्री विद्यासदन अङ्ग्रेजी स्कुलका अर्जुन रेग्मी हुनुभएको छ त्यस्तै छात्रा तर्फको १५०० मिटर दौडमा प्रथम श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी पासाङ चोमु शेर्पा द्वितीय श्री नरेन्द्र जनता माध्यमिक विध्यालयकी जमुना न्यौपाने र तृतीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयी प्रकृति तामाङ हुनुभएको छ ।
सटपुट तर्फ
छात्र तर्फको सटपुटमा प्रथम श्री मंगलमय माध्यमिक विध्यालयका अदिप गुरुङ,द्वितीय श्री सरस्वती माध्यमिक विध्यालयका जेम्स धिमाल र तृतीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयका सुबोध राई हुनुभएको छ भने छात्रा तर्फ प्रथम श्री बाँसबारी माध्यमिक विध्यालयकी अञ्जिता चौधरी,द्वितीय श्री नरेन्द्र जनता माध्यमिक विध्यालयकी सन्तोषी श्रेष्ठ र तृतीय श्री स्टार इङ्लिस स्कुलकी यंगी राई हुनुभएको छ ।
ज्याभलिन थ्रो तर्फ
छात्र तर्फको ज्याभलिन थ्रो मा प्रथम श्री महेन्द्र रत्न माध्यमिक विध्यालयका खेम खत्री,द्वितीय श्री मंगलमय माध्यमिक विध्यालयका अर्पण मोते र तृतीय श्री सरस्वती माध्यमिक विध्यालयका विशाल लिम्बू हुनुभएको छ भने छात्रा तर्फ प्रथम श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी सुम्निमा राई,द्वितीय श्री सरस्वती माध्यमिक विध्यालयकी संगीता सार्की र तृतीय श्री वन्डरल्यान्ड माध्यमिक विध्यालयकी एन्ना साँवा हुनुभएको छ ।

छात्र तर्फ कबड्डीमा द्वितीय शहीद धर्मभक्त मा वि
८०० मिटर दौड तर्फ
छात्र तर्फको ८०० मिटर दौडमा प्रथम– श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयका एन्सन फागो,द्वितीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयका सन्दिप ठाकुर र तृतीय श्री वन्डरल्यान्ड माध्यमिक विध्यालयका ताङसाङ्ग लिम्बू र त छात्रा तर्फ प्रथम श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी नम्रता धिमाल,द्वितीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी प्रकृति तामाङ र तृतीय श्री सरस्वती माध्यमिक विध्यालयकी पुष्पतारा तामाङ हुनुभएको छ ।
३००० मिटर दौड तर्फ
छात्र तर्फको ३००० मिटर दौडमा प्रथम श्री नरेन्द्र जनता माध्यमिक विध्यालयका सुनिल बुढाथोकी, द्वितीय श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयका भीमबहादुर थापा र तृतीय श्री विद्यासदन अङ्ग्रेजी स्कुलका अर्जुन रेग्मी तथा छात्रा तर्फ छात्रा प्रथम श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी पासाङ चोमु शेर्पा, द्वितीय श्री नरेन्द्र जनता माध्यमिक विध्यालयकी जमुना न्यौपाने र तृतीय श्री सरस्वती माध्यमिक विध्यालयकी नवीना लम्जेल हुनुभएको छ ।
१०० मिटर दौड छात्र तर्फ
छात्र तर्फको १०० मिटर दौड तर्फ प्रथम श्री सरस्वती माध्यमिक विध्यालयका ससाङ तामाङ द्वितीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयका सौगात धमला र तृतीय श्री निहारिका माध्यमिक विध्यालयका दावा नर्बू हुनुभएको छ ।
१०० मिटर दौड छात्रा तर्फ
छात्र तर्फको १०० मिटर दौडमा प्रथम श्री ज्योति माध्यमिक विध्यालयकी मनिका मुर्मू द्वितीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी सुनिता बेस्रा तृतीय श्री सरस्वती माध्यमिक विध्यालयी शशी लिम्बू ।
२०० मिटर दौड छात्र तर्फ
छात्र तर्फको २०० मिटर दौडमा प्रथम श्री सरस्वती माध्यमिक विध्यालयका ससाङ तामाङ,द्वितीय श्री पाथीभरा अङ्ग्रेजी माध्यमिक विध्यालयकका दीक्षित ढकाल र तृतीय श्री ज्योति माध्यमिक विध्यालयका जुना यादव ।
२०० मिटर दौड छात्रा
छात्रा तर्फको २०० मिटर दौडमा प्रथम श्री ज्योति माध्यमिक विध्यालयककी मनिका मुर्मू,द्वितीय श्री सरस्वती माध्यमिक विध्यालयकी सिर्जना माझी र तृतीय श्री स्टार इङ्लिस स्कुलकी कृतिका श्रेष्ठ ।

४०० मिटर दौड छात्र तर्फ
४०० मिटर दौड छात्र तर्फ प्रथम– श्री ज्योति माध्यमिक विध्यालयका सिर्जन चापागाईँ, द्वितीय– श्री सरस्वती माध्यमिक विध्यालयका सुशील घिसिङ र तृतीय श्री वाणी माध्यमिक विध्यालयकम आशिष थापा ।
४०० मिटर दौड छात्रा तर्फ
४०० मिटर दौड छात्रा तर्फ प्रथम– श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी प्रकृति तामाङ,द्वितीय श्री सरस्वती माध्यमिक विध्यालयका सुष्मिता वि.क. र तृतीय श्री निहारिका इङ्लिस स्कुलकी निकिता कार्की
४×१०० मिटर रिले दौड छात्र तर्फ
४×१०० मिटर रिले दौड छात्र तर्फ प्रथम श्री सरस्वती माध्यमिक विध्यालयका जेम्स धिमाल, अभिषेक ताजपुरिया, ससांक घिसिङ, सुशील घिसिङ,द्वितीय श्री कमला मदनआश्रित स्मृति माध्यमिक विध्यालयका सौरभ पोख्रेल, अर्जुनकुमार मण्डल, पवन राई, सपन राई,तृतीय– श्री वन्डरल्यान्ड माध्यमिक विध्यालयका प्रकरण राई, ताङसाङ लिम्बू, अभिनाश बानिया, अंकित न्यौपाने ।
४×१०० मिटर रिले दौड छात्रा
४×१०० मिटर रिले दौड छात्रा तर्फ प्रथम श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी सुनिता बेस्रा, प्रकृति तामाङ, युनिका लक्सम, निशा वि.क.द्वितीय– श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी नितु धिमाल, नम्रता धिमाल, समृद्धि राई, पुष्पा भट्टराई तृतीय श्री सरस्वती माध्यमिक विध्यालयकी सिर्जना माझी, सुष्मिता वि.क., शशी लिम्बू, सुविना लिङ्देन
४×४०० मिटर रिले दौड छात्र तर्फ
४×४०० मिटर रिले दौड छात्र तर्फ प्रथम श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी खेम खत्री, निश्चल परियार, होमप्रसाद चौँलागाईँ, विजय पौडेल द्वितीय श्री ज्योति माध्यमिक विध्यालयका जुना यादव, राज लिम्बू, समुन्द्र राई, दीपेश श्रेष्ठ तृतीय श्री निहारिका माध्यमिक विध्यालयकी चित्रकेशर मगर, कविन भट्टराई, प्रज्वल श्रेष्ठ, दावा नोर्बू
४×४०० मिटर रिले दौड छात्रा तर्फ
४×४०० मिटर रिले दौड छात्रा तर्फ प्रथम श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी सुनिता बेस्रा, प्रकृति तामाङ, युनिशा लक्सम, निशा वि.क. द्वितीय श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी नितु धिताल, नम्रता धिमाल, पुष्पा भट्टराई, पासाङ चोमु शेर्पा र तृतीय श्री सरस्वती माध्यमिक विध्यालयकी पुष्पतारा तामाङ, सविना थेगिम, सिर्जना माझी, शशी लिम्बू ।
छात्र तर्फ काता
पुरुष तर्फ कातामा प्रथम– श्री सिंहदेवी माध्यमिक विध्यालयका सरुण बान्तवा,द्वितीय श्री लालिमा माध्यमिक विध्यालयका सगौरव फागो र तृतीय श्री मंगलमय माध्यमिक विध्यालय सोहेल बस्नेत र स्टार एकाडेमीका तेजन तुम्बाहाम्फे ।
छात्रा तर्फ काता
छात्रा तर्फ कातामा छात्रा तर्फ प्रथम श्री साउथपोल बोर्डिङ स्कुलकी प्रनिशा बस्नेत द्वितीय श्री लालिमा माध्यमिक विध्यालयकी ग्रेसी लिम्बू र तृतीय– श्री निहारिका माध्यमिक विध्यालयकी माङ्सेमी फागो र तृतीय श्री स्टार एकाडेमीकी प्रियसी चेम्जोङ ।
हाइजम्प छात्र तर्फ
हाइजम्प छात्र तर्फ प्रथम श्री महेन्द्र रत्न माध्यमिक विध्यालयका खेम खत्री, द्वितीय श्री मंगलमय माध्यमिक विध्यालयका अर्पण मोते, तृतीय श्री विद्यासदन अङ्ग्रेजी स्कुल, राज कार्की ।

हाइजम्प छात्रा तर्फ
हाइजम्प छात्रा तर्फ प्रथम श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी प्रकृति तामाङ,द्वितीय श्री सरस्वती माध्यमिक विध्यालयकी प्रतिमा दर्जी, तृतीय श्री कमला मदनआश्रित स्मृति माध्यमिक विध्यालयका खुशी प्रधान ।
लङजम्प छात्र तर्फ
लङजम्प छात्र तर्फ प्रथम श्री सरस्वती माध्यमिक विध्यालयकी जेम्स धिमाल,द्वितीय श्री वन्डरल्यान्ड अङ्ग्रेजी स्कुलका अभिनाश बानिया तृतीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयका सुबोध राई
लङजम्प छात्रा
लङजम्प छात्रा प्रथम श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी नितु धिताल, द्वितीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी युनिका लक्सम , तृतीय– श्री ज्योति माध्यमिक विध्यालयका मनिका मुर्मू
ट्रिपलजम्प छात्र तर्फ
ट्रिपलजम्प छात्र तर्फ प्रथम– श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयका हिमाल मगर,द्वितीय श्री सरस्वती माध्यमिक विध्यालयकी अभिषेक ताजपुरियाु तृतीय श्री वन्डरल्यान्ड माध्यमिक विध्यालयका प्रकरण राई
ट्रिपलजम्प छात्रा तर्फ
ट्रिपलजम्प छात्रा तर्फ प्रथम श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयकी नितु धिताल द्वितीय श्री महेन्द्र रत्न माध्यमिक विध्यालयकी युनिका लक्सम,तृतीय श्री मंगलमय माध्यमिक विध्यालयका अञ्जना ताजपुरिया