कमल । कमल नगर जेसिजको ९ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम कमल ४ स्थित कमल नगर जेसिजको नवनिर्मित सभाहलमा शनिवार (हिजो) राति अबेर कार्यक्रम सम्पन्न भएको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमको पानसमा बत्ति वालेर उद्घाटन गर्नु भएको थियो ।
जेसिज वर्ष २४ का कार्यकारिणी उपाध्यक्ष जेसि हरि अधिकारीको संयोजकत्व र कमल नगर जेसिज वर्ष २४ का अध्यक्ष देबी प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष, आजिवन सदस्य, विभिन्न शाखा बाट आउनु भएका समकालिन, संघ सस्थाका प्रमुख तथा प्रतिनिधीलगायतलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कमल नगर जेसिजको वर्ष २५ कालागी अध्यक्षमा अधिकारी निर्वाचित

कमल नगर जेसिज वर्ष २५ कालागी अध्यक्ष जेसि भिम अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्ष जेसि मनिशा कठयात र जेसी रोशन अधिकारी उपाध्यक्षमा जेसि कमल कटुवाल, जेसि मिलन पौडेल , जेसि अर्चना कार्की, जेसि डिजा घिमिरे निर्वाचित हुनुभएको निर्वाचन आयुक्त जेसि नारायण बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै बाँकी रहेका पदमा जेसिजको विधान अनुसार अध्यक्षले मनोनित गर्ने व्यवस्था भए बमोजिम महासचिवमा जेसि मिलन सापकोटा, कानुनि सल्लाहकार जेसि लोक बहादुर खड्का, कोषाध्यक्ष जेसि देबराज भण्डारी, सचिव जेसि पुन्य राय र प्रकरण निर्देशनमा जेसी विनु थापा चयन हुनुभएको कमल नगर जेसिजको सचिवालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, विशेष अतिथी गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी , नेपाल सरकारका उपसचिव तथा मनोज झपेन्द्र स्मृति प्रतिष्ठनका केन्द्रिय अध्यक्ष मोहन कुमार घिमिरे लगायतले जेसिजले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै नवनिर्वाचित पदाधीकारीलाई कार्यकाल सफलताको शुभकामना सहित बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम कमल नगर जेसजि वर्ष २४ मा महासचिव जेसि रोशन अधिकारी र वर्ष २५ का महासचिव जेसि मिलन सापकोटाले सञ्चालन गर्नु भएको थियो भने वर्ष २४ का कार्यकारिणी उपाध्यक्ष जेसि हरि अधिकारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।