कमल । नेकपा एमाले झापा क्षेत्र नम्बर ५ अन्तर्गत प्रतिनिधि सभाक्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५ झापा र यस अन्तरगतका दुबै प्रदेश सभाक्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५(१) र (२) को बिस्तारीत बैठक सम्पन्न भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं ५का संयोजक नारायण प्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
प्रतिनिधि सभाक्षेत्रीय समन्वय कमिटीक्षेत्र नं(५ झापार यस अन्तरगतका दुबै प्रदेश सभाक्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५(१) र (२) का बिस्तारीत बैठकमाभएका निर्णय यस प्रकार रहेका छन्
१ मतदातानामावली अद्यावधिक गर्ने सम्बन्धमा ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्ने गर्दछ,प्रतेक बर्ष कार्तिक ६ गते र बैशाख ६ गते निर्वाचन आयोगको वेबसाईटमा नावावली प्रकाशित गर्दछ।निर्वाचन कार्यालयले निम्न अनुसार प्रक्रियागतरुपमा अद्यावधिक गर्दछ,सोही बमोजिम सबै वडा इन्चार्जहरुले संयोजन गर्ने साथै वडा कमिटीहरुले निर्वाचित जनप्रतिनिधि र पार्टी नेता कमरेड हरुसंग समन्वय गरि मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रियामा कृयाशिल हुने र बसाइँ सराइ बाट आउने मतदाताको पहिचान गरि मतदाता नामावली समावेस गराउने ।
मतदाता नामावलीमा भएको त्रुटि सच्याउने,विबरण झुटा भए दावीबिरोध गर्ने,एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक स्थानमा मात्र कायम गर्ने,मृत्यु भएकाको नाम हटाउने ।
२ जनप्रतिनिधिको मद्यावधिक समिक्षा सम्बन्धमा ।

जिल्ला कमिटीको निर्देशन बमोजिम स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको मध्यावधिक समिक्षाकालागि यश अगाडीनै सबै पालिकाका जनप्रतिनिधि र पार्टी नेतृत्व सहित बैठक बसि प्राप्त समिक्षा फारम बमोजिम समिक्षा सहितको प्रतिवेदन पालिका कमिटीले निर्धारित मिति भित्र पठाउनु पर्नेमा हाल सम्म प्रतिवेदन प्राप्त नभएकोले आगामी फाल्गुन मसान्त सम्ममा सबै पालिकाले समिक्षा प्रतिवेदन समन्वय कमिटीमा उपलब्ध गराउने र समन्वय कमिटीको तर्फ बाट प्रतिनिधि सभानिर्वाचन क्षेत्र समन्वय कमिटी रप्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारीले आवस्यक जिम्मेवारी बाडंफाड गरि समिक्षा प्रतिवेदन तयार गरिचैत्र १५ गते भित्र जिल्ला कमिटीमा पठाउने निर्णय गरीयो।
३ आगामी आव २०८२ र ८३ का योजना छनौट सम्बन्धमा
संघीय सरकारमा माग गर्ने योजना आगामी फाल्गुन मसान्त सम्म मा पालिका कमिटीले जनप्रतिनिधि संग समन्वय गरि प्राथमिकि करण गरि क्षेत्रीय समन्वय कमिटीमा उपलब्ध गराउने रक्षेत्रीय समन्वय कमिटीले पार्टी नेता र पालिकादलका नेता,उपनेता,संघीयसांसद प्रतिनिधि समेतको परामर्शमा क्षेत्रीय समन्वय कमिटीले चैत १० गते सम्ममासंघीय सरकारका निकायहरुमा पठाउने निर्णय गरियो ।

साथै प्रदेश सरकारले प्रदेशमा योजना पेश गरियोजना बैकमा समावेश गर्न आगामी फाल्गुन १५गतेको मिति तोकिएको हुनाले पालिका मार्फत वाअन्य निकाय मार्फत पेसगर्ने योजना समयमा नै पेशगरि योजना बैकमा समावेश गर्न सम्बन्ध सम्पुर्ण कमरेडहरुलाई जानकारी एवं सचेत गराउने निर्णय गरियो।
साथै योजना आयोगमा पालिका मार्फत मागगर्नु पर्ने विभिन्न शिर्षक कायोजना आवश्यक प्रक्रिया पूरागरि आगामी फाल्गुन १५ गतेभित्र पेश गर्न सबै पालिका दलकानेता साथै जनप्रतिनिधि कमरेडहरुले पहलगर्ने निर्णय गरियो।
४ अभिमुखिकरण कार्यक्रमसम्बन्धमा ।
जिल्ला कमिटीको निर्देशन बमोजिम पार्टी सदस्यता नविकरण एवं सदस्यता अनलाइन प्रबिष्टी गर्ने सम्बन्धमा आगामी फाल्गुन ११गते निम्न कमरेडहरुलाई सहभागी गराई अभिमुखिकरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरियो। अभिमुखिकरण दमक नगरपालिका कमिटीको कार्यालयमा हुनेछ।
५० तिनमहिने जराू अभियान सम्बन्धमा पार्टीको केन्द्रिय कमिटीको निर्देशन एवं प्रदेश रजिल्ला कमिटीको योजना अनुसार संचालनहुने ३ महिनेूजराूअभियानमा यश कमिटीका सम्पुर्ण कमरेडहरुले तोकिएको जिम्मेवारी एवं आफू रहेको भूगोलमा प्रभावकारी ढंगबाट योजना बमोजिम कार्य सम्पन्न गर्ने र त्यसको प्रतिवेदन तोकिएको कमिटीमा पेश गरि कमिटीलाई बोधार्थ उपलब्ध गराउने ।
६ सचिवालय सम्बन्धमा
यश कमिटीको कामलाई ब्यवस्थित र चुस्त बनाउन पार्टी बिधान बमोजिम सचिवालयको समेत महसुस गरिएकोहुनाले हाललाई निम्न अनुसारको सचिवालय गठन गर्ने।
. प्रतिनिधि सभानिर्वाचन क्षेत्र समन्वय कमिटीकापदाधिकारी दुबै प्रदेश सभानिर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारी र यस क्षेत्र भित्र रहनुभएका जिल्ला कमिटी सचिवालय सदस्य कमरेडहरु ।
७ अघिल्लो बैठक बाट भएका निर्णयहरुको कार्यान्वयनको समिक्षासम्बन्धमा ।
प्रतिनिधि सभानिर्वाचन क्षेत्रसमन्वय कमिटीर दुबै प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीमा पार्टी बिधान बमोजिम जिल्ला कमिटीबाट मनोनीत हुनुभएका कमरेडहरुलाई सपथ ग्रहण गराइयो।
प्रतिनिधि सभासमन्वय कमिटीमा १८ जना दुबै प्रदेश सभासमन्वय कमिटीमा १७ जना
बैठकलाई समसामयिक बिषयमा जानकारी एवं निर्देशनका साथ केन्द्रिय कमिटी सदस्य एवं यस कमिटीका इन्चार्जक। दिपक कार्कीले शुभकामना मन्तव्य राख्नुभयो।शुभकामना मन्तव्यका क्रममा पार्टी केन्द्रिय कमिटी सदस्य एवं प्रदेश सभाक्षेत्रीय समन्वय कमिटी ५(२) का इन्चार्ज मेनुका काफ्ले र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी ५(१) का इन्चार्ज अम्बिका खनालले शुभकामना मन्तव्य राख्नुभया । पार्टीको ३ महिने जरा अभियानका सन्दर्भमा साथै पार्टी जिल्लाको गतिविधिका बारेमा जिल्ला कमिटी अध्यक्ष कमरेड प्रेमगिरिले निर्देशन दिनुभएको थियो ।
बैठकमा स्वागत मन्तव्य कमिटीका सहसंयोजक लिला ढुंगेल(दाहाल)ले गर्नु भएको थियो भने बैठक संचालन कमिटीका सचीव मित्र देव काफ्लेले गर्नुभएको थियो ।
अन्त्यमा बैठकको अध्यक्षता गर्नुहुने संयोजक कमरेडले बैठक प्रारम्भ भएको समय,छलफल एवं निर्णयमा भएको प्रक्रिया र समयसाथै नेता कमरेड हरुले राख्नु भएको मन्तव्यको समय एवं आजको बैठकको उपस्थिति समेतको जानकारी गराउदै उपस्थित अतिथि एवं बैठकका सहभागी कमरेड हरुलाई धन्यवाद एवं आभारव्यक्त गर्दै निर्णय कार्यान्वयनमा सबैको सहयोगकोअपेक्षा गर्दै बैठक समापन गर्नु भएको थियो ।