logo
शुक्रबार, साउन २९ २०८३

कमलमा सुरु भयो १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


  • उमानाथ भण्डारी
  • शुक्रबार, फाल्गुन २ २०८१

कमल । कमल गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट सुर भएको छ ।

कमल ३ स्थित केर्खा खेल मैदानमा सुरु भएकोको प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो , प्रतियोगिता फागुन ४ गते सम्पन्न हुने छ ।


कार्यक्रमको उद्घाटन पछि अध्यक्ष राईले शुभकामना मन्तव्यका क्रममा पछिल्लो समय राज्यले शिक्षा र खेलकुदका क्षेत्रमा धेरै नै लगानी गरेको छ । हरेक खेलकुदका विधा हरुको महत्व उत्तिकै छ । त्यसैले विद्यार्थीलाई किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा जोड्दै आफ्नो र देशको नाम चिनाउनका लागी यस्ता प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष राईले बताउनु भयो ।

यस्ता प्रतियोगिता मार्फत विद्यार्थीले आफु भित्र रहेको क्षमतालाई अभिवृद्धि गर्दै अनुशासित र मर्यादित हुनलाई ठुलो सहयोग गर्दछ । जस कारण आगामी दिनमा विद्यार्थीले खेलकुद मार्फत अगाडी बढ्न सहयोग कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।


देशमा नै बसेर केही गर्न सकिन्छ भने त्यो खेलकुद नै हो । आज खेलकुदका क्षेत्रमा लागेका विद्यार्थीले आफूलाई देश विदेश सम्म चिनाउन सफल भएका छन् । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानले मात्र हुदैन त्यसैले खेलकुद मार्फत विद्यार्थीले धेरै कुरा सिक्ने सक्ने भएकोले यस्ता प्रतियोगिता सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समिति झापाका प्रवक्ता दुर्वासा कार्की जगनले बताउनु भयो ।

शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा आमन्त्रित अतिथि तथा खेलाडीलाई नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षा समिति सदस्य बद्री कार्कीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।


यो समाचार तयार पार्दा सम्म १५ सय मिटरको दौडमा छात्र तर्फ नरेन्द्र जनता माध्यमिक विद्यालयका सुनिल बुढाथोकी प्रथम, शहीद धर्मभक्त माध्यमिक विद्यालयका भीम बहादुर थापा द्वितीय र विद्यासदन अङ्ग्रेजी स्कुलका प्रितम कार्की तृतीय हुनुभएको छ ।

त्यस्तै १५ सय मिटर कै छात्रा तर्फको दौडमा शहीद धर्मभक्त माध्यमिक विद्यालयका की पासाङ चोमु शेर्पा प्रथम, नरेन्द्र जनता माध्यमिक विद्यालयकी जमुना न्यौपाने द्वितीय र महेन्द्र रत्न माध्यमिक विद्यालयकी प्रकृति तामाङ तृतीय हुनुभएको छ ।


प्रतियोगितामा सटफुट छात्र तर्फ मङ्गलमय माध्यमिक विद्यालयका अदीप गुरुङ प्रथम, सरस्वती ,माध्यमिक विद्यालयका जेम्स धिमाल द्वितीय र महेन्द्र रत्न माध्यमिक विद्यालयका सुबोध राई तृतीय हुनुभएको छ भने छात्रा तर्फ बाँसवारी माध्यमिक विद्यालयकी अञ्जिता चौधरी प्रथम, नरेन्द्र जनता माध्यमिक विद्यालयकी सन्तोषी श्रेष्ठ द्वितीय र स्टार ईङलिस स्कुलकी यंगी राई तृतीय हुनुभएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने छात्र छात्रालाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल लगायत अथितीले प्रमाण पत्र र ट्रफि प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend