logo
शुक्रबार, साउन २९ २०८३

गौरीगन्जलाइ बाटेको धुपमा आत्मनिर्भर बनाउनकालागी दिब्यदृस्टीको पहलमा तालिम प्रदान


  • कुइनेटो न्युज
  • बिहिबार, माघ २४ २०८१

दमक ÷ झापाको गौरीगन्ज गाउँपालिकाले बाटेको धुपमा आत्मनिर्भर बन्नका लागि महिलाहरुलाइ शीप सहित आवस्यक सामाग्री जुटाउन सहयोग गर्ने भएको छ ।

दिब्यदृस्टी भेनेरेसन एन्ड एग्रो कन्र्सन (पुजा सामाग्री उध्योग) कमल गाउँपालिकाले गौरीगन्ज गाउँपालिकाको सहयोगमा आयोजना गरेको ३ दिने बाटेको धुप बनाउने र बजारीकरण सम्बन्धीको तालिम समापनमा पालिका अध्यक्ष फुलवती राजवन्शीले रोजगार बन्न चाहनेहरुलाइ सहयोग गर्ने बताउनु भएको हो ।

बिहिवार गौरिगन्ज गाउँपालिकामा भएको तालिम समापनमा बोल्दै ३ दिनमा पोख्त भएर प्याकेजिङ सहितको धुप बनाएको देख्दा यो कार्यक्रम सफल भएको पाएको वहाँले जनाउनु भयो ।

वहाँले महिलाहरुले बनाएको धुप प्याकेजिङ गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कहाँ बिक्री गर्ने भन्ने चिन्ता नलिइ उत्पादन गर्न आग्रह गर्दै बजारीकरणमा सकेको सहयोग गर्ने प्रतिबद्धता पनि वहाँको थियो ।


गाउँपालिका उपाध्यक्ष पुजन कुवरले सोचे भन्दा तालिम धेरै राम्रो भएको र दिब्यदृस्टी ब्राण्ड आफैमा पनि नाम चलेको उल्लेख गर्दै बजारीकरणमा समस्या नहुनेमा ढुक्क रहेको बताउनु भयो ।

युवाहरुलाइ रोजगारमा जोडन, महिलाहरुलाइ आत्मनिर्भर बनाउन सीप सगै बजारीकरणको आवस्यक रहेको वहाँको भनाइ थियो ।

दिब्यदृस्टीकी सन्चालीका बबिता तिम्सिनाले बजारमा आफुहरुले गुणस्तरीय बाटेको धुप उपलब्ध गराउदै आएको र ५० भन्दा बढी महिलाहरुलाइ यसका लागि जोडेको बताउनु भयो । स्थानीय सरकारसग मिलेर स्थानिय उत्पादन स्थनीय बजारीकरणमा सहयोग कार्यक्रम आफुहरुले ल्याएको जानकारी दिनु भयो ।

महिला तथा बालबालिका शाखा प्रमुख पुजा घिमिरेले स्वागत भनाइ राख्नु भएको कार्यक्रममा बाटेको धुपले स्वास्थ्यमा पार्ने सकारत्मक फाइदाबारे आयुर्बेद स्वास्थ्यकर्मी टेकनाथ अर्यालले जानकारी गराउनु भयो ।

तालिमममा सहभागीहरुलाइ धुपी, पहाडे कागज पनि उपलब्ध गराएको थियो । तालीमको सहजीकरण बबिता तिम्सिना र शोबिता गिरीले गर्नु भएको बताइएको छ ।
कार्यक्रममा पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका दिब्यदृष्टि पुजा सामाग्री उत्पादन उध्योगका संचालक बिष्णुप्रसाद पोखरेलले गौरीगन्ज गाउँपालिकामा केही नयाँ परियोजना शुरु गर्ने घोषणा गर्नु भएको थियो ।

फाउन्डेसनका महासचिव अर्जुन पौडेलले स्थानिय उत्पादनको प्रबद्र्धन गर्न आफुहरु सधै आतुर रहेको बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend