logo
शुक्रबार, साउन २९ २०८३

एचपीभी खोप अभियानमा लक्षित वर्गका बालिकाहरु कोही पनि नछुट्ने गरी काम गर्न मुख्यमन्त्री कार्कीकाे निर्देशन


  • कुइनेटो न्युज
  • मंगलबार, माघ २२ २०८१

विराटनगर । कोशी प्रदेशमा आजदेखि सुरु भएको एचपीभी खोप अभियानमा लक्षित वर्गका बालिकाहरु कोही पनि नछुट्ने गरी काम गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गर्नुभएको छ ।

पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी ( ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप अभियान २०८१ को उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले एक जना किशोरी छुटेमात्रै पनि यसले समाजमा नकरात्मक असर गर्ने भन्दै विशेष ध्यान दिन आग्रह गर्नुभयो । आज कोशी प्रदेश स्तरीय एचपीभी खोप अभियानको सुनसरीको बर्जु गाउँपालिकामा रहेको रामसीता माध्यमिक विद्यालयमा उद्घाटन गर्नुहुँदै उहाँले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

प्रदेशबासीको स्वास्थ्य नै पहिलो दायित्व रहेकोमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै उहाँले सबै खाले खोपहरुलाई नियमित बनाउने समेत बताउनुभयो ।


मुख्यमन्त्री कार्कीले सबैलाई ढुक्क भएर खोप लगाउन समेत आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले खोप अभियानमा कुनै पनि लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिनुभयो । अभियान अन्र्तगत विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु ५० हजार ५९७ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ ।

एचपीभी विरुद्धको खोप अभियान कोशी प्रदेशमा आजदेखि फागुन ७ गते सम्म सञ्चालन हुँदै छ । अभियानमा अभियानको आरम्भ कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुनसरीको बर्जुमा रहेको रामसीता माध्यमिक विद्यालयबाट गरेको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend