logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षी८ डुडामारी बजारमा ५ दिवसिय योग बिज्ञान शिबिर उद्घाटन


  • कुइनेटो न्युज
  • शुक्रबार, माघ १८ २०८१

डुडामारी । झापाको शिवसताक्षी ८ स्थित डुडामारी बजारमा ५ दिवसिय योग बिज्ञान शिबिर समुद्घाटन भएको छ ।
गरौ योग रहौ निरोग, शान्ती र समृद्धिको लागि योग भन्ने नाराको साथ संचालन गरिएको शिबिरको शिवसताक्षी ८ का वडाध्यक्ष सन्तकुमार फेवदिनले पानसमा दियो बालेर उद्घाटन गर्नु भयो ।

प्रमुख अतिथी समेत रहनु भएका वडाध्यक्ष फेवदिनले उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्नु हुँदै योग गर्नु आफ्नो स्वस्थ्यको लागि अत्यन्तै उपयोगी र अपरिहार्य रहेको धारणा राख्नु भयो ।पछिल्लो समया मनिसहरुले खानपान र बिलासी जीवन शैलीको कारणले विभिन्न रोगको सिकार बन्नु परेको अवस्थामा नियमित योग गर्नाले मानबलाइ स्वास्थ्य रहन मद्दत गर्ने अध्यक्ष फेवदिनले बताउनु भयो । फरक प्रसंगमा उहाले शिवसताक्षी योग शिबिर समितिलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।

शिबिर एक हप्ता अघि देखि शुरु गरिएको भए पनि औपचारिक रुपमा भने आज बाट सुरु भएको र २२ गते समापन हुने डुडामारी बजार ब्यबस्थापन समितिका कोषाध्यक्ष तथा शिबिर संचालन समिती सदस्य सरिता कार्कीले बताउनु भयो । उहाका अनुसार शिबिरको औपचारिक २२ गते समापन हुने भएता पनि करिब ३ महिना सम्म शिबिर संचालन रहने भएकोले सबै डुडामारी बासी हरु शिबिरमा सहभागी हुन आग्रह गर्नु भयो ।

सो अवसरमा पतन्जली योग शिबिर समिति झापा अध्यक्ष देबिप्रसाद घिमिरे , पतन्जली योग शिबिर समिति झापा महिला अध्यक्ष प्रेमकला निरौला लगायतले शुभकामना मन्ततब्य बोल्नु भएको थियो भने पतन्जली योग शिबिर समिति प्रदेश १ का महासचिव लक्ष्मी प्रसाद काफ्लेले योगा गर्नुको महत्व र फाइदाको बिषयमा प्रकाश पार्नुभएको थियो ।

उहाले भन्नुभयो नियमित योगा गर्नाले सुगर ,प्रेसर , थाइराइड,कोल्डस्टोर जस्ता रोगहरु ठिक हुने तथा नलाग्ने बताउनु भयो ।

बिहान ४:३० बजे भएको समुदघाट्न कार्यक्रममा नेपाल सुनचाँदी ब्यबसायी संघ शिवसताक्षीको उपाध्यक्ष तथा स्थानीय ब्यबसायी रोमन लाम्गादे, स्वतन्त्र डुडामारी ब्यबसायी समितिका अध्यक्ष कमल प्रसाद तामङ, समाजसेबी राजीब घिमिरे, जनाअस्था सकोसका अध्यक्ष जयश्वरआङ्देम्बे, सोही संस्थाका सचिब गंगाप्रसाद ओझा ,शिव मन्दिर ब्यबस्थापन समिती अध्यक्ष कमला श्रेष्ठ , ब्यबसयी लक्ष्मी सेर्मा लगायतको उपस्थिति रहेको कार्यक्रममा ५० जनाभन्दा धेरै स्थानीय हरुको सहभागिता रहेको थियो ।

मानव शरीरलाई दैनिकी खानपानमा ध्यान दिए र योगा गरेमा शरीर स्वस्थ्य रहने भएकोले सबैले ध्यान दिन आवस्यक रहेको अतिथि हरुले बताउनु भयो ।

शिबिर पतन्जली योग समिति झापा तथा पतन्जली माहिला योग समिती झापाको संयोजन र पतन्जली योग समिती शिवसताक्षीको आयोजनामा डुडामारी स्थित भगिरथ घिमिरेको घरमा सन्चालन भैइरहेको छ ।

पतन्जली योग समिति झापाका सद्स्यहरु हरि पाठक,घनस्याम प्यकुरेल,सोम आचार्य निर्मला गजुरेलले सहजीकरण गर्नु भएको कार्यक्रमको पतन्जली योग समिति शिवसताक्षीका सल्लाहकार संयोजक पर्शुराम ढुङ्गनाको अध्यक्षता तथा शिबिर प्रायोजनकर्ता भगिरथ घिमिरेले स्वागत मन्तब्य बोल्नु भएको थियो भने कार्यक्रम संचालन शिवसताक्षी योग समितिका माहासचिब कृष्ण खरेलले गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend