कमल । नेकपा एमाल कमल गाउँपालिका ३ नम्बर वडा कमिटीको आयोजनामा आज वनभोज कार्यक्रम सम्पन्न भएको ।
झापाको शिवसताक्षी नगरपालिका ११ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा आयोजना गरिएको बनभोज कार्यक्रममा पार्टी कमिटी सदस्य तथा सर्वसाधारण गरि करिव ४ सय ५० जना भन्दा बढीको सहभागी रहेको थियो ।

वनभोज कार्यक्रमा भर्खरे वडा कमिटीमा निर्वाचित वडा कमिटी सदस्य लाई सफथ गराईएको थियो भने । साथै दोरी तान्ने , म्युजिकल चियर का साथै साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको नेकपाएमाले जिल्ला कमिटी सदस्य तथा ३ नम्बर वडा ईन्चार्ज चक्र बहादुर गुरुङ्गले जनाकारी दिनुभयो ।

वडा कमिटि अध्यक्ष नर प्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कमिटी सदस्य मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य बेणु सिवाकोटी, गाउँकमिटी अध्यक्ष हरी ढकाल लगायत पार्टीका केन्द्रिय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी, गाउँ कमिटीका साथ जनवर्गिय संगठनका नेताहरको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम गाउँकमिटी सचिव विरेन्द्र अधिकारी र वडा कमिटी सचिव महेन्द्र अर्जेलले सञ्चालन गर्नु भएको थियो ।