logo
शुक्रबार, साउन २९ २०८३

कमला मदन आश्रितको ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सञ्चारकर्मी ,शिक्षक सहित दर्जन बढी सम्मानित र पुरस्कृत


  • उमानाथ भण्डारी
  • बुधबार, माघ १६ २०८१

कमल । झापाको कमल गाउँपालिका २ स्थित कमला मदन अश्रित स्मृति माध्यमिक विद्यालयले आज विभिन्न कार्यक्रम गर्दै आफ्नो ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत सङ्घीय सरकारको अनुदान तथा कमल गाउँपालिकाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको विद्यालयको नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई द्वारा समुद्घाटन गरिएको थियो ।


गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल स्वरुप विद्यालयले २०८० सालको एसईई मा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद दिदैँ आगामी दिनमा अझ राम्रो नतिजा ल्याउनका निम्ती शिक्षक लाग्नु पर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईले बताउनु भयो ।

पालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागी हामी लागी परेको परेका छौ । तर विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न जनप्रतिनिधि मात्र लागेर हुँदै यस शिक्षक ,अभिभावक र विद्यार्थी समेतको भूमिका हुने हुँदा सबै लाग्नु पर्ने गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

शिक्षकले विद्यार्थीको मनोवैज्ञानिक भावना बुझेर कक्षा कोठामा पढाउनु पर्छ । विद्यार्थीलाई घरमा अभिभावकले धेरै माया गरेको हुन्छ विद्यालयको वातावरण पनि त्यस्तै बनाउन सकियो भने मात्र विद्यार्थी विद्यालय आउन रुचाउने हुँदा कक्षा कोठाको वातावरण सोहि खनुसार बनाउनका लागी सबै लाग्नु पर्ने शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख देवेन्द्र बहादुर मल्लले बताउनु भयो ।


विद्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले विद्यालयको सक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समिति का अध्यक्ष होम बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने ,मंगलमय मावी का प्रधानाध्यापक मोहन बगाले, समाज सेवी राजेन्द्र ढकाल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम विद्यालयका शिक्षक यामनारायण प्रधानले सञ्चालन गर्नु भएको थियो भने सहायक प्रधानाध्यापक आइत बहादुर राईले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

                                        सम्मान तथा पुरस्कार

कमल गाउँपालिका २ स्थित कमला मदन अश्रित स्मृति माध्यमिक विद्यालयले ६२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा सञ्चारकर्मी सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

यसरी सम्मानित हुनेमा सञ्चारकर्मी उमानाथ भण्डारी र २०८० सालको एसईई परिक्षामा आफूले पढाउने विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक मनोज गौतम, यामनारायण प्रधाान , मुना खड्का, विमला भट्टराई र महेन्द्र तिम्सिनालाई कदर पत्र द्वारा सम्मान गरिएको थियो ।


त्यस्तै पुर्व शिक्षक खेम सापकोटालाई दीर्घसेवा सम्मान र डिल्लीराम अधिकारी लाई सम्मान पत्र द्वार सम्मान गरिएको थियो ।


त्यसैगरी स्व. श्रीमाया लिङ्देन स्मृति पुरस्कार,स्वा. नेत्रबहादुर श्रेष्ठ स्मृति पुरस्कार ,स्व सोमनाथ रेग्मी स्मृति पुरस्कार र दुर्गादेवि दधिराम मैत्री छात्रवृत्ति पुरस्कार कोष बाट दुई दर्जन भन्दा बढि विध्यार्थिदाई छात्रवृत्ति प्रदान गरिएको थियो । भने विद्यालयले सञ्चालन गरेको अतिरिक्त कृयाकलापमा उत्कृष्टहुने विद्ययार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend