logo
शुक्रबार, साउन २९ २०८३

कमल ४ मा एच.पि.भी. विरुद्धको खोप अभियान सञ्चालन सम्बन्धी अभिमुखीकरण


  • उमानाथ भण्डारी
  • सोमबार, माघ १४ २०८१

कमल । झापाको कमल गाउँपालिका ४ नम्बर वडा कार्यालयले आज पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भी. विरुद्धको खोप अभियान २०८१ का वारेमा सम्बन्धित सरोकारवाला सँग  अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ ।

वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा वडा कार्यालयको सभाहलमा सम्पन्न अन्तरकृया कार्यक्रममा जनप्रतिनिधि वडामा रहेका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि स्वयम् सेविका लगायत सरोकार वाला सँग एच.पि.भी. विरुद्धको खोप अभियान २०८१ बारे जानकारी गराउँदै अभियानलाई सफल पार्ने विषयमा अभिमुखीकरण कार्यक्रममा भएको थियो ।


एच.सि.भी. भाइरस विरुद्धको खोप अभियान माघ २२ गते देखी फागुन ६ गते सम्म देशै भर सञ्चालन हुने छ । भने कमल गाउँपालिकामा माघ २२ गते देखी २८ गते खोप सञ्चालन हुने आधारभुत स्वास्थ्य केन्द्रमा कार्यारत अहेव सोनु खवासले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ४ मा भने सरस्वती मा.वि मा माघ २२ गते, फोनिक्स वोडिङ्ग स्कुल माघ २३ गते ज्योति आधारभुत विद्यालयमा माघ २४ गते र आधारभुत स्वास्थ्य केन्द्रमा माघ २५ गते खोप  अभियान सञ्चालन हुने छ ।

अभियान सञ्चालनको क्रममा कमल गाउँपालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्ममा छात्रा र विद्यालय नजाने १० देखी १४ वर्ष उमेरका गरी जम्मा २ हजार ७ सय ४४ जना  किशोरीलाइ लक्षितगरि खोप अभियान सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend