शिवसताक्षी । अनेम संघ समाजबादी शिवसताक्षीको अध्यक्षमा बुद्धमाया (बिन्दा)थापा मगर निर्वाचित भएकी छन ।
शनिबार पुर्बकै प्रशिद्द धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामको बनभोज परिसरमा आयोजित दोस्रो अधिबेशनबाट मगरको नेतृत्वमा नगर कमिटी गठन भएको हो ।
नेकपा एकीकृत समाजबादी पाटीको भातृ संगठन अखिल नेपाल महिला संघ अन्तर्गत विभिन्न पालिका हरुमा कमिटी बिस्तार गर्ने क्रममा शिवसताक्षीमा कमिटी बिस्तार गरिएको बताइएको छ ।
अनेम संघ समाजबादी झापा जिल्ला अध्यक्ष हरिमाया मैनाली को प्रमुख आतिथ्यता तथा शिवसताक्षी नगर अध्यक्ष दुर्गादेबी मिश्रको अध्यक्षतामा भएको अधिबेशनले
नगर कमिटीको उपाध्यक्ष दोयमा शोभा श्रेष्ठ र गोमा आचार्य , चयन भएका छन, त्यस्तै सचिबमा बासुकी राजबंशी, सहसचिवमा देबिमाया तामाङ्ग,कोषाध्यक्षमा बिनिता राई,सर्बसम्मत चयन भएका हुन ।
कमिटीको सदस्यहरुमा क्रमशः मैना राजबंशी,सारदा थापा,शुनिता बोखिम,इन्द्रकुमारी थेबे,शुसिला ताजपुरिय, जिली ताजपुरिया,कल्पना खड्का, र मिना केरुङ सर्बसम्मत चयन भएको नगर कमिटी अध्यक्ष दुर्गादेबी मिश्रले जानकारी दिइन ।

सो अवसरमा नेकपा एस नगरकमिटी सहसचिब खेम मैनाली,नगर अध्यक्ष नवीन इजम कार्यक्रम प्रमुख अतिथी अनेम संघ समाजबादी जिल्ला अध्यक्ष हरिमाया मैनाली लगायतले शुभकामना मन्तब्य बोलेका थिए भने कार्यक्रको सन्चालन पाटिका जिल्ला कमिटी सदस्री सोमप्रसद गुरागाईले गरेका थिए ।
यसै बिच सोही अवसरमा बनभोज कार्यक्रमको आयोजना पनि गरिएको थियो । नगरका सबै वडाका पाटी प्रतिनिधिहरुको उल्लेखनिय सहभगितामा नाजगान गरि मनोरञ्जन गरेका थिए ।