logo
मंगलबार, कार्तिक ११ २०८३

धरमपुर बजार ब्यबस्थापन समितिको अध्यक्षमा : जोशी सर्वसम्मत चयन


  • कुइनेटो न्युज
  • शनिबार, माघ १२ २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी १ स्थित धरमपुर बजार ब्यबस्थापन समितिको पहिलो अधिबेशनबाट लिलाबहादुर जोशीको अध्यक्षमा नयाँ कार्य समिती चयन भएका छ्न ।

आज धरमपुर बजारमा भएको एतिहासिक पहिलो अधिबेशनबाट अध्यक्षमा जोशी सहित सम्पुर्ण कार्य समिती सर्वसम्मत चयन भएका हुन ।

उक्त समितिको उपाध्यक्षमा देबबहादुर चेम्जोङ ,सचिबमा मनकुमार श्रेष्ठ ,सहसचिवमा दुर्गा बहदुर चेम्जोङ र कोषाध्यक्षमा भिमाकुमारी शाही रहेका छ्न ।


त्यसैगरी सद्स्यहरुमा क्रमशः गोपीकृष्ण पोख्रेल ,खगेन्द्रबहादुर दाहल,टङ्क प्रसद न्यौपाने,लोक्बहादुर भण्डारी,रित बहदुर राई,उमा कटुवाल ,निर्मला निरौला र जानुका लिम्बू सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

बिगत लामो समय देखि धरमपुर बजार बुधबार साप्ताहिक हाट लगाउदै आएको धरमपुर बजार ब्यबस्थापन समितिले केही महिना अघि नगरमा यश बजार दर्ता गरि आधिकारिकता पाएको हो ।

बजार दर्ता भए सङै बजारमा आजिवन सदस्यहरू १ सय ५६ जना सदस्य बनाउन सफल भएको बताइएको छ । बजारको आफ्नो जमिन नभएकोले हाल सडक किनारमा लाग्दै आएको हाटलाइ उचित जग्गा खोजी गरि बजारलाई ब्यबस्थापन गर्नु पर्ने सहभगी अतिथिहरुले धराणा राखेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेस १ का साम्सद राधाकृष्ण खनालले यश धरमपुर बजारले छोटो समयमा राम्रो काम गरि नगरमा अब्बल साबित भएको भन्दै प्रशंसा गरे । प्रमुख अतिथी खनालले बजारको आफ्नो जमिन नभएकोले बजार बिस्तार तथा टहरा निर्माणका लागि बजेट उप्लब्ध गराउन समस्या भएकोले जग्गा खोज्न सुझाए।

कार्यक्रममा नाम्बिन बोडिङ्ग स्कुलका इन्चर्ज पुर्ण लकान्द्री, साथी बहुउद्देश्यीय साकोसका अध्यक्ष दिल बहादुर लिम्बू, समाज सेबी चन्द्रबीर नेम्बाङ, लगायत विभिन्न राजनितिक दलका वडा स्तरिय नेता हरुले शुभकामना मन्तब्य बोलेको कार्यक्रमा लिला बहदुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सहसचिव दुर्गा ब. चेम्जोङले गरे भने कार्यक्रमको सन्चालन सचिब मोहन सिन्चिउरीले गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend