logo
शुक्रबार, साउन २९ २०८३

झापाली समाज युएई, नेपाल सम्पर्क समिति द्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण


  • उमानाथ भण्डारी
  • सोमबार, माघ ७ २०८१

कमल । झापाली समाज युएई नेपाल सम्पर्क समिति द्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैक बिर्तामोड, ,दमक नगरपालिका र झापाली समाज युएई द्वारा झापाको दमक २ स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत १ सय एक जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

झापा बाट रोजगारीका लागी युएई पुगेका झापालीले “एकता, सहयोग र सहकार्य“ भन्ने मूल मन्त्रका साथ आफ्नो कमाइ बाट अलिअलि बचत गरेको रकम बाट युएईमा समस्यामा परेका झापाली र आफै भूमि झापामा विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको झापाली समाज युएई नेपाल सम्पर्क समितिका पूर्व अध्यक्ष अशोक चापागाँईले बताउनु भयो ।


झापाली समाज युएईले समाज सेवामा गरेको पवित्र कार्यलाई सम्मान गर्दै यो पवित्र कार्यमा एक्सेल डेभलपमेन्ट बैकले पनि सहयोग गर्ने गरेको छ । समाजले गर्ने हरेक सामाजिक कार्यमा बैकले हिजो बाट नै सहयोग गर्दै आएको र आगामी दिनमा समेत समाज सेवाको पवित्र कार्यमा सहयोग गर्ने बैंकका सिइओ डा. इन्द्र कुमार कट्टेलले बताउनु भयो ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिले झापाका विभिन्न नगर तथा गाउँपालिकामा पुगेर समाज सेवाका कार्यक्रम सन्चाल गदै आएको छ । समाजमा रहेका असहाय ,अनाथ , गरिब विद्यार्थीलाई न्यानो कपडाका साथै छात्रवृत्ति वितरण गर्दै आइरहेको र हाम्रो यो पवित्र कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण प्रति समाजका नेपाल सम्पर्क समितिका अध्यक्ष राजेन्द्र कुमार दाहालले धन्यवाद दिनुभयो ।


कार्यक्रममा समाजले हाल सम्म गरेका सम्पूर्ण गतिविधिलाई समेटेर तयार परिएको वृत्तचित्रको सङ्क्षिप्त भाग प्रस्तुत गरिएको थियो भने वृत्तचित्रको पुरा भाग समय मिलाएर केहि दिन पछि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरी सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक प्रेम पाण्डेले समाजका सदस्यलाई धन्यवाद दिनुभएको थियो । भने दमक नगरपालिका २ नम्बर वडा सदस्यले समाजले गरेको कमाको प्रशंसा गर्नु भएको थियो ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका सचिव मित्रलाल पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने । पूर्व केन्द्रिय सदस्य प्रदिप कुमार सङ्ग्रौलाले आमन्त्रित अतिथि तथा सहभागीलाई शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend