logo
शनिबार, साउन ३० २०८३

व्यवहारिक र व्यवसायिक शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • बुधबार, माघ २ २०८१

विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवहारिक र व्यवसायिक शिक्षामा प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ ।

बुधबार झापाको गौरादह ८ मा रहेको प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आजको आवश्यकता नै शिक्षाको सुधार भएको उल्लेख गर्नुभयो ।

शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउन सके युवाको विदेश पलायनको दरलाई पनि रोक्न सकिने उहाँको धारणा थियो । प्रगति माध्यमिक विद्यालयले आज विद्यालयका निवर्तमान प्रधानअध्यापक डिल्लीराम अधिकारीको बिदाईका अवसरमा विद्यालय परिसरमा विषेश कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री कार्की आजै साझ अर्जुनधारा १ साधुटारमा आयोजित अभिशेकात्मक अतिरुद्र महायज्ञ तथा शंकराचार्यपीठ साधुटारको ४९औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएको थियो ।

साधुटारमा माघ १ गतेबाट सुरु भएको महायज्ञ ११ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
०००

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend