logo
शुक्रबार, साउन २९ २०८३

इम्बिरी याङथाङवा खासम तमोर याक्थुङ सभ्यता मुन्धुमी क्षेत्रलाई समेटेर तयार पारिएको बृत्तचित्र बिमोचन


  • कुइनेटो न्युज
  • मंगलबार, माघ १ २०८१

कमल । इम्बिरी याङथाङवा खासम तमोर याक्थुङ सभ्यता मुन्धुमी क्षेत्रलाई समेटेर तयार पारिएको बृत्तचित्र बिमोचन गरिएको छ ।

“सावायेहाङ पाङ्फे मुन्धुमी पाङ्फे” नाराका साथ तमोर टेलिभिजनको आयोजनामा तथा याक्थुङ चुम्लुङको सल्लाहकारमा याक्थुङ मुन्धुम स्थाल खोज अनुसन्धानकर्ता ब्रोसेस माबोहाङ याक्थुङ लिम्बुले तयार पारेको बृत्तचित्र बिमोचन गरिएको हो ।

बृत्तचित्र बिमोचन कार्यक्रममा याक्थुङ चुम्लुङ केन्द्र, सिक्किम आसाम नागालेन्ड नेपालका याक्थुङ जातीय संस्थाहरु बाट दर्जनौं बढीको उपस्थितिमा कार्यक्रम भएको थियो ।


याक्थुङ मौलिकता बचाउ अभियाता याक्थुङ मुन्धुम खोज अनुसन्धानकार्ता बृत्तचित्र निर्देश याक्थुङ स्टारका सिईओ ब्रोसिस माबोहाङ (मनि)लाई अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।

सम्मान हुने ब्याक्तिहरु याक्थुङ स्टार सिजन २ का चौथो प्रमिता लिम्बू ताप्लेजुङ निबासी प्रमिका लिम्बू, याक्थुङ मौलिता बचाउ अभियानता निश्चल चेम्जाङ लिम्बू , छायांकन बिकास राई ,पशुपति इलाम इडेटर मुहाक सिङ मुहाङ स्टिडियो याक्थुङहरुको जन्म देखि मृत्यु सम्मान को मुन्धुममा सम्धिनी रहेको मुन्धुम क्षेत्रहरु बृत्तचित्र विमोचन कार्यक्रम याक्थुङ इतिहासमै पहिलोपटक भएको हो ।

लामो समयको प्रायास पछि तमोर टेलिभिजन बृत्तचित्र बिमोचन गर्न सफल भएकोमो बृत्तचित्र निर्माता याक्थुङ मौलिकता बचाउ अभियान्ता ब्रोसिस माबोहाङले सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend