logo
मंगलबार, कार्तिक ११ २०८३

झापाको कमल ५ स्थित मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम मनाईदै


  • कुइनेटो न्युज
  • शनिबार, पुष २७ २०८१

कमल । कमल गाउँपालिका–५स्थित सिम्लेमा अवस्थित मुन्धुमयकमा तिनदिने कम्फेवा तङनाम मनाइने भएको छ ।

किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको आयोजनामा कमल अध्यक्ष दिवश सम्बाहाम्फेको अध्यक्षतामा एक औपचारिक स्थलमा कार्यक्रम गरी किरातीहरुको नयाँ बर्ष येते तङबे ५०८५ को अवसरमा तङनाम मनाउन लागिएको पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको हो ।

माघ १ गते देखि किरातीहरुको नयाँ बर्ष प्रारम्भ भएको हुँदा यसलाई बृहत बनाउँदै किरातीहरु माझ लानको लागि पनि यो पर्वलाई खास महत्व दिएको छ । लिम्बू जातिले यसलाई ‘यले तङवे’को नाममा मनाउने गर्छन्। किराँती पात्रोअनुसार १ माघदेखि यले तङवे ५०८५ शुरु भएको छ।
यले तङवे विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो रहेको विश्वास किराँती जातिमा छ।

किराँती राजा यलम्बरले नेपालमा शासन शुरु गरेपछि यले तङवेको प्रचलन शुरु गराएको विश्वास छ। यस सिजनमा चाँप फुल्ने भएकाले यले तङवेसँगै कक्फेवा तङनाम भन्ने गरिएको हो।

लिम्बू भाषामा ‘कक’ भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन हो।त्यस्तै कियाचू राष्ट्रिय चुम्लुङ सदस्य नरेनहाङ लिम्बु, याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य बसन्तराज योङहाङ लिम्बुवान प्रदेश सदस्य दिलकुमार लावती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक, लगायतको उपस्थितिमा कार्यक्रमस्थल मुन्धुमयकमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १ देखि ३ गतेसम्म पर्वको रुपमा मनाइने भएको जनाइएको छ ।

याक्थुङ् जातीहरुले कक्फेवा तङनाममा तरुण, गिठ्ठा, भ्याकूर लगायत कन्दमुल पकाएर खाने आफ्नो पितृपुर्खाहरुको सम्झना विभिन्न धार्मिक अनुष्ठान लगायतका कार्यहरु समेत सामुहिक रुपमा भेला भई कार्यक्रम गर्ने परम्पराको थालनी कक्फेवा तङनामको अवसर पारेर गर्ने परम्परा शुरुवात कियाचुले गर्दै आइरहेको झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाकले बताएका छन् ।

त्यस्तै कियाचू राष्ट्रिय चुम्लुङ सदस्य नरेनहाङ लिम्बु, याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य बसन्तराज योङहाङ लिम्बुवान प्रदेश सदस्य दिलकुमार लावती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक, कमल कार्य समिति सम्पूर्ण टिम लगायतको उपस्थितिमा कार्यक्रमस्थल मुन्धुमयकमा पत्रकार सम्मेलनको आयोजना गरि माघ १ देखि ३ गतेसम्म पर्वको रुपमा मनाइने भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend