कमल । झापाको कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज आफ्नो ५३ औं बार्षिकत्सव तथा अभिभावक दिवश २०८१ मनाएको छ ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा विद्यालयले बार्षिकत्सव तथा अभिभावक दिवश मनाएको हो ।

विद्यालयले बार्षिकत्सव तथा अभिभावक दिवशका अवसरमा लामो समय विद्यालयमा सेवा प्रदानगरी सेवा नेवृत्त हुनुभएका शिक्षक ओम प्रसाद खनाल, अभिनारायण तिम्सिना र अम्विका कुमारी खड्कालनई सम्मान पत्र का साथै खदा ओडाएर सम्मान गरिएको थियो । भने विध्यालयमा कार्यरत शिक्षक रितादेबी अभिकारी,रत्न थापा, सरोज श्रेष्ठ, प्रतिमा पन्त, सरिता घिमिरे, दिपक सापकोटा, कुमार दाहाल, राज कुमार ओझा र अक्षयकोष दाता तारादेबी अधिकारीलाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै विष्णुमा थापा अक्षयको बाट कक्षा १२ मा उत्कृष्ट हुनुहुने कृष्ण बस्नेत र भिम कुमारी बस्नेत रञ्जनालाई जनही ४ हजार ६ सय रुपैयाका साथै सम्मान पत्र द्वारा पुरस्कृत गरिएको थियो ।
विद्यालयको वार्षिक उत्सावका अवसरमा आफुलाई निमन्त्रण गरेका विध्यालय परिवारलाई धन्यवाद दिंदै निर्माण सम्मपन्न भएर लामो समय विद्यालयलाई हस्तान्तरणन गर्न बाँकिरहेको नवनिर्मित विध्यालयको भवन प्रक्रिया पुर्याएर चाडै विध्यालयलाई हस्तान्तरण गर्नकालागी पहल गर्ने जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले बताउनु भयो ।

विध्यालयका प्रधानाध्यापक मोहन कुमार बगालेले वार्षिक उत्सावका अवसरमा विद्यालयका तर्फ बाट तयार पारिएको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा छिमेकी विद्यालयका विध्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, पुर्व शिक्षक लगाएत अभिभावको उपस्थिती रहेको थियो ।