कमल । झापाको दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
दमक अपाङ्ग सहयोग समितिको आयोजनामा गत पुस १६ गते बाट दमकमा सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो ।
“अपाङ्गता समावेशी न्यायमा पहँुच सहितको जनउत्तरदायी स्थानिय सरकार, दिगो भविक्ष्यका लागि अपाङ्गता भएका व्याक्तिहरुको सशक्त नेतृत्व हाम्रो सरोकार” भन्ने नाराका साथ तालिम सन्चालन भएको थियो ।

दमक अपाङ्ग सहयोग समितिमा अध्यक्ष खगेन्द्र बहादुर भट्टराइको अध्यक्षता तथा कोशी प्रदेश सभाका सभामुख माननीय अमरबहादुर बिष्ट प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । तालिममा ७ वटै प्रदेश बाट ४० जना अपाङ्गता भएका व्यक्तिहरू सहभागी रहेका थिए ।
तालिमा सहभागीलाई कोशी प्रदेश सभाका सभामुख माननीय अमरबहादुर बिष्ट, कोशी प्रदेश सदस्य एवं भौतिक विकास पूर्वधार समिति सभापति माननीय होमबहादुर थापा,दमक नगरपालिका ४ का वडा अध्यक्ष पुण्यप्रसाद दाहाल, ८ नम्वर वडा अध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश), कार्यपालिका सदस्य एवं सामाजिक विकास समिती संयोजक शारदा भट्टराई सापकोटा लगायतले सहभागीलाई प्रमाण पत्र वितरण गर्नुका साथै तालिमा सिकेका कुरालाई व्यवहारमा लागुगर्न सुझाव दिनुभएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई योजना निर्माणका लागि आवश्यक पर्ने सूचना, नेपाल सरकार पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय महासन्धि, सन्धि हरूले व्यवस्था गरेका कानुनहरूको कार्यान्वयन नेपालको संविधान अपाङ्गता अधिकार सम्बन्धी ऐन नियमावली र कार्यविधिले व्यवस्था गरेको अधिकार प्राप्तिका लागि वकालत गर्ने दक्ष जनशक्ति निर्माणकालागि तालिमले ठुलो सहयोग पुग्ने दमक अपाङ्ग सहयोग समितिका सचिव मदन कुमार बोहोराले बताउनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरू केही गर्न सक्दैनन् उनीहरुलाई राज्य वा सक्षम व्यक्तिले दिनुपर्छ भन्ने भाष्यलाई परिवर्तन गर्नका निमित्त अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यले पनि राज्यलाई कर तिरेर योगदान गर्न सक्छन् सामाजिक, राजनीतिक आर्थिक र व्यावहारिक रुपमा अपाङ्गता भएका व्यक्तिहरूको पनि अन्य व्यक्ति सर आफ्नो रुचि अनुसारको योग्यता र क्षमता छ ।
त्यसलाई सतहमा ल्याएर साँच्चिकै अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्ति सरह सबै काम सँगसँगै गर्न सक्छन् भन्ने उदाहरण पेश दिनकालागी यो तालिम उपयोगिहुने राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक सुदर्शन सुवेदीले बताउनु भयो ।