logo
शुक्रबार, साउन २९ २०८३

सहारा नेपाल साकोस रबि सेवा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, पुष २१ २०८१

कमल ÷ झापाको बिर्तामोड ̶ २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले २८औं वार्षिक साधारण सभा अन्तर्गत रबि सेवा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न छ ।

मिक्लाजुङ्ग गाउँपालिका पाँचथरको सभा हलमा रबि सेवा केन्द्रको एकाईगत साधारण सभा सम्पन्न भएको छ । सस्थाकी शेयर सदस्य लक्ष्मि देबी राईको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष अमरराज माखिमको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष माखिमले वित्तिय कारोबारसँगै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको सहारा नेपाल विपन्न परिवार एवं समुदायका लागि एउटा विश्वासिलो सारथी बनेको भन्दै संस्थाको थप सफलताको कामना व्याक्त गर्नु भयो ।

अन्य सहकारी संस्थाहरुको तुलनामा अब्बल संस्थाको रुपमा स्थापित सहारा साकोसले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर हुन सक्ने युवा लक्षित कार्यक्रमलाई थप सशक्त बनाउँदै अघि बढ्न अध्यक्ष  माखिमले सुझाव दिनुभयो ।
एकाईगत साधारणसभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै मुख्य कार्यालयका प्रतिनिधी विकास गिरीले आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्मको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाको कुल पुँजी तथा दायित्व १६ अरब, ८३ करोड,३३ लाख, ३६ हजार ४१० रहेको जानकारी दिए ।

त्यस्तै १ अरब, ६७ करोड, ८६ लाख, १२ हजार ७०० शेयर पूँजी रहेको संस्थामा १२ अरब, ७५ करोड,३७ लाख, ६३ हजार, २०८ निक्षेप रहेको सदस्यलाई जानकारी गराउनु भयो ।

साधारण सभामा संस्थाको नीति तथा कार्यक्रम साथै लेखापरीक्षणको प्रतिबेदन संस्थाका रबि सेवा केन्द्रका प्रमुख सुरेन्द्र नेपालले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको संचालन रबि सेवा केन्द्रका कर्मचारी चित्र बहादुर विष्टले गर्नु भएको थियो भने अर्का कर्मचारी विनोद कुमार चौधरीले शाब्दिक शब्द द्वारा स्वाग गर्नु भएको थियो ।

सभाबाट ३ जना अन्तिम माइन्युट प्रमाणित गर्न र १७ जना प्रतिवेदन प्रमाणित गर्ने प्रतिनिधिहरु सर्वसम्मत छनौट भएको रबि सेवाकेन्द्र प्रमुख  सुरेन्द्र नेपालले जानकारी दिनुभयो ।

सभामा कर्मचारी मिलन केन्द्रका अध्यक्ष खेमराज खनालर ईलाका प्रहरी कार्यालय रबिका प्रतिनिधीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend