कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ।
आज सम्पन्न निर्वाचनको प्राप्त मत परिणाम अनुसार पुरुषतर्फ चुडामुनि दाहाल (घोडा ११९) दीपचन्द्र लिम्बु (हाँस ११८) मत प्राप्त गरी खुल्ला तर्फबाट विजयी हुनुभएको छ ।
त्यस्तै दुरेन राई (सतकोण ११६) मानबहादुर रोक्का (जोडी बालक ११४) मत प्राप्त गरी उपविजेता हुनुभएको छ।
त्यसैगरी महिलातर्फ देवी मिश्र ( घडी १२२) र सरस्वती बस्नेत बानिया (बस १२५) मत प्राप्त गरी विजयी हुनुभएको छ भने अनुसा लाबुङ लिम्बू (आँखा ११२) र छमी हस्दा (फुटबल ११३) मत प्राप्त गरी उपविजेता हुनुभएको निर्वाचन समितिका संयोजक, कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो। 
अभिभावक हरू मध्यबाट निर्वाचन प्रक्रियाद्वारा निर्वाचित चारजना सदस्य, विद्यालय शिक्षक प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र वडा अध्यक्ष सहित सात जनाको समितिले विद्यालयका चन्दादाता, समाजसेवी हरू मध्यबाट दुई जना मनोनयन गरी जम्मा ९ सदस्य विद्यालय व्यवस्थापन समिति तयार गर्ने र सो समितिले आफूहरू मध्यबाट अध्यक्ष चयन गर्ने विद्यालयका शिक्षक मधुसुदन अधिकारीले बताउनुभयो।
जम्मा ३४१ जना मतदाता रहेको विद्यालयमा २५१ मत खसेको थियो भने ५ मत बदर भएको थियो ।