काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा झापाका हर्कराज राईलाई नियुक्त गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिवमा नियुक्त गर्नु भएको हो ।
राईलाई प्रतिनिधि सभा सचिव पदमा नियुक्तीकालागी सभामुख देवराज घिमिरेले सिफारिस गर्नु भएको थियो ।
राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका राजनितिक सल्लाहकार पनि हुनुहुन्थ्यो। वहाँ नेकपा (एमाले) निकट हुनुहुन्छ ।
प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई नियुक्त गरिएको हो।