logo
शुक्रबार, साउन २९ २०८३

याेग साधनाको लागि नेपाल उपयुक्त : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • शनिबार, पुष ६ २०८१

विराटनगर । योग र साधनाको लागि नेपाल उपयुक्त स्थान भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ ।

आज विश्व योग दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले योगका आदिदेवता भगवान शिवले पनि यही भूमिमा योगाभ्यास र ध्यान गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको बताउनुभयो ।

शिवका शिष्यहरुले नेपालबाट योग र ध्यानलाई विश्वमा फैलाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘नेपाल हिमालको काखमा छ, योगसाधनाको दृष्टिकोणले नेपाल उपयुक्त स्थान हो ।’

मुख्यमन्त्री कार्कीले खानपान र व्यस्तजीवन शैलीका कारण मानिसले जीवनलाई उर्जामय बनाउन नसकिरहेको अवस्थामा ध्यान र योग महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले अनुशासनको अभावमा धेरै खालका विकृतिहरु देखिरहेको चर्चा गर्दै व्यक्तिलाई अनुशासित बनाउन पनि ध्यान र योग महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।

डिसेम्बर ६ तारिखलाई संयुक्त राष्ट्रसंघले विश्व ध्यान दिवस घोषणा मनाउन थालिएको हो । यो वर्ष विश्व ध्यान दिवस विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति भन्ने नाराका साथ मनाइँदै छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend