logo
शुक्रबार, साउन २९ २०८३

सबै जातजाती, भाषा, धर्म र संस्कृति र पहिचानको संरक्षण राज्यले गर्छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • शुक्रबार, पुष ५ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै जातजाती, भाषा, धर्म र संस्कृति र पहिचानको संरक्षण राज्यले गर्ने बताउनुभएको छ ।

विगतमा राज्यले नै जानी नजानी कुनै समुदाय विषेशमा राज्यले थिचोमिचो गरेको भएपनि अब त्यस्तो नहुने उहाँले प्रस्ट्याउनु भयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो- “हामी यो प्रदेशका सबै भाषा, संस्कृति र पहिचानको जर्गेना गर्ने छौँ । सबैलाई हामी राज्यको मुलधारमा हिडाउने प्रयत्न हुने छ । ”


मुख्यमन्त्री कार्कीले राजवंशी समुदायको सांस्कृतिक संग्राहलय निर्माणमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । आज मोरङको सुनवर्षी नगरपालिकामा राजवंशी समाज विकास समितिको वार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री कार्कीले संग्राहलयका लागि प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो- “तपाईहरु प्रस्ताव लिएर आउनु होस्, सहज स्थानमा जग्गा खोजी गरेर राजवंशी समुदायको संस्कृति समेटेर संग्राहलय निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्छ ।”

मुख्यमन्त्री कार्कीले राजवंशीलगायतका आदिवासी समुदाय अझै पनि समाजको मुलधारमा नआइसको भन्दै आदिवासी समुदायको उत्थानका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले पनि झापामा लोकसेवा तयारी कक्षा प्रदेश सरकारले सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

आदिवासी समुदाय गरिबीको चपेटामा रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले सबैको समान विकासका लागि प्रदेश सरकारले विभिन्न काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend