कमल ÷ कोशी प्रदेश सरकारका उद्योग कृषी तथा सहकारी मन्त्री माननिय खगेनसिं हाङगामले गत आर्थिक वर्ष सम्म प्रदान गरिदैं आएको कृषी अनुदानलाई हटाएर चालु आर्थिक वर्ष देखी व्याजमा अनुदान व्यवस्था गरिएको बताउनु भएको छ ।
झापाको दमक स्थित दाहाल प्रतिष्ठानको सभाहलमा सम्पन्न नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन मन्त्री हाङगामले बालबालिकालाई दुध सेवन गराएर कार्यक्रमको उद्घाटन गरेपछि आफ्नो मन्तव्यका क्रममा सो कुरा बताउनु भएको हो ।
कोशी प्रदेश सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्दैन प्रदेशका सबै उद्योगी र व्यवसायी सरकारकालागी समान हुन् त्यसैले सबै कृषकका समस्या साझा समस्या भएकोले त्यसलाई समाधान गर्न कोशी प्रदेश सरकार लागिरहने मन्त्री हाङगामले प्रतिवद्धता जनाउनु भयो ।
नेपालमा अहिले दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गर्दछ तर बजारमा भने ३१ लाख लिटर दुध अभैm पनि बजारमा आउन सकेको छैन । त्यसैले त्यो बजार आउन बाँकी रहेको दुधलाई बजार सम्म ल्याउनकालागी नेपाल डेरीलाई ठुलो चुनौति छ ।
अर्को तर्फ करोडौं मुल्यको धुलो दुधका साथै पनिर, चिज जस्ता दुग्ध पदार्थ गोदाममा जाम भएर बसेको छ , यस्तो अवस्थामा कृषको दुधको भुक्तानिगर्न उद्योगीलाई समस्या रहेकोले यस्ता उद्योगीलाई सरकारले सहयोग गर्नुपर्ने नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताउनु भयो ।
नेपाल डेरी एसोसिएशन कोशी प्रदेश कमिटी का अध्यक्ष गंगा खड्काले समग्र कोशी प्रदेशको दु्ध उत्पादक किसान, उद्योगी र बजारी करणका बारेमा तयार परिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई, दकम नगरपालिका ४ नम्वर वडा अध्यक्ष गुरु प्रसाद दाहाल , नेपाल डेरी उद्योग संघ कोशी प्रदेशका अध्यक्ष रामचन्द्र उप्रती , खाध्य तथा गुण नियन्त्रण कार्यालय झापाका शुवास चन्द्र बस्ती लगायतले नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सफलताको शुभ कामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम डेरी एसोसिएशन कोशी प्रदेशका उपाध्यक्ष गुरु प्रसाद दाहालले सन्चालन गर्नु भएको थियो ।
पत्रकार सहित कृषक सम्मानीत तथा पुरस्कृत

नेपाल डेरी एसोसिएशन कोशी प्रदेशको छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकार सहित दर्जन बढी दुग्ध व्यवसायी कृषक तथा उद्योगिहरु लाई सम्मान गरिएको गियो ।
यसरी सम्मानित हुनेहरुमा कृषी क्षेत्रको उत्थानकोलागि कमल चलाउदै कृषि क्षेत्रमा भएका समस्या समाधानका लागि अनुकरणीय योगदान पुर्याको भन्दै कुईनेटोन्युजडटकमका सम्पादक तथा हिमहिखर टेलिभिजनका कार्यक्रम प्रस्तोता र संवाददाता उमनाथ भण्डारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै सम्मानित हुनेहरुमा दुध संकलनको क्षेत्रबाट न्यु सिताराम डेरी उद्योगका सञ्चालक कमल पाण्डे, छुर्पि उत्पादनको क्षेत्रबाट ठुङ्गेल धारा डेरी उद्योगका संचालक कुमार ठुङ्गेल ,चिज उत्पादनको क्षेत्रमा विनायक डेरी उद्योगका सन्चालक महेन्द्र प्रधान, पशुपालन तथा दुध उत्पादनको क्षेत्र बाट दाजुभाई कृषी फर्मका सन्चालक शुसान्त सुवेदी, दुध उत्पादनको क्षेत्र बाट निर्मला राई,लगायत दर्जन बढी कृषक र उद्योगीलाई कार्यक्रमका प्रमुख कोशी प्रदेश सरकारका उद्योग कृषी तथा सहकारी मन्त्री माननिय खगेनसिं हाङगाम द्वारा सम्मान गरिएको थियो ।