logo
शुक्रबार, साउन २९ २०८३

सतासीधाम जेसिजकेा आयोजना र सिवसताक्षी ३ वडा समितिको सहकार्यमा निशुल्क दन्त तथा आँखा शिबिर


  • गोविन्द ल्वागुन
  • बिहिबार, पुष ४ २०८१

शिवसताक्षी । सतासीधाम जेसिजको आयोजना तथा सिवसताक्षी ३ वडा समितिको सहकार्यमा आज पाराबारीमा निशुल्क दन्त तथा आँखा परिक्षण शिबिर सम्पन्न भएको छ ।

सतासीधाम जेसिसको जेसिज सप्ताहको छैटौं दिन आज दन्त तथा आँखा शिबिर गरिएको हो । उक्त शिबिरमा ७५ जनाले दन्त तथा १७० जानाले आँखा परिक्षण गराएको बताइएको छ ।

ग्रामीण भेगका नगरिक हरु स्वास्थ पहुँच बाट टाडा रहने भएकोले उनिहरुलाइ स्वास्थ्यको पहुच सम्म पुर्याउनको लागि यस्तो कार्यक्रमको आयोजना गरिएको मुल कार्यक्रम कार्यक्रम सम्योजक जेसि पदम कुवरले जानकारी गराए ।

उनका अनुसार जेसिज सप्ताह अन्तरगत विभिन्न कार्यक्रम गरिएको र भोलि बिहिबार समापन हुने बताए । कार्यक्रम सम्योजक तथा सुचना सम्प्रेषण सम्योजक जेसि गोबिन ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा
आमा डेन्टल कियर प्राली दमक र बिर्तामोड आँखा अस्पताल चारपानेको प्राबिधिक सहयोग रहेको थियो ।
उक्त शिबिरमा वडाबासीले उल्लेखनीय मात्रमा स्वस्थ्य लाभ लिएका थिए ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा न. ३ का अध्यक्ष भस्कर न्यौपानेले यश स्वस्थ्य शिबिरले ३ न. वाडाका नगरिकलाइ ठूलो टेवा पुगेको बताउनु भयो ।,मुल कार्यक्रम सम्योजक सतासी धाम जेसिजको कार्यकरणी उपाध्यक्ष जेसि पदम जङ कुवर
सतासी धाम जेसिजका बर्ष २०२४ का प्रमुख सल्लाहकार जेसि कुमार सिह सावा , पाराबारी बजार ब्यबस्थापन समितिका अध्यक्ष मेघराज ओझा, कार्यपालिका सदस्री मुनकुमारी तामाङ लगयतले शुहकामना मन्तब्य बोल्नु भएको थियो ।

बर्श २०२४ का उपाध्यक्ष जेसि पुस्प पौड्याल्लले सन्चालन गरेको कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष दारुमान राईको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend