logo
शुक्रबार, साउन २९ २०८३

सामाजिक उत्तरदायित्व प्रति प्याब्सन कमल सचेत


  • कुइनेटो न्युज
  • बुधबार, पुष ३ २०८१

कमल । सामाजिक उत्तरदायित्व प्रति सचेत रहँदै निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कमलले आयोजना गरेको पालिका स्तरिय प्याब्सन स्पोर्ट मिट २०८१ को कार्यक्रम स्थलको सरसफाई सम्पन्न भएको छ ।

प्याब्सन कमलले सम्पन्न गरेकोे खेलकुद मैदानको सामाजिक उत्तरदायित्व प्रति सचेत रहँदै खेल मैदानको सरसफाइ गरेको प्याब्सन कमलका सचिव तथा खेलकुल उपसमिति–२०८१ का संयोजक त्रिलोचन गौतमले जानकारी दिनुभयो ।

प्रतियोगिता आयोजना गर्दा खेल मैदानभा भएको फोहोर लाई सामाजिक उत्तरदायित्व प्रति सचेत रहेर आफै लागेर सरसफाई गरेको प्याब्सन कमलले जनाएको छ ।

खेल मैदान सरसफाईमा केर्खा पब्लिक स्कूल, निहारीका बोर्डिङ स्कूल, फोनिक्स स्कूल , स्टार स्कूल, विद्यासदन स्कूलका विध्यार्थी र शिक्षकले खेल मैदानको सरसफाई गरेको हो ।

खेल मैदानमा भएको फोहोरलाई आफै व्यवस्थापन गर्नमा सहयोग पुर्याएको भन्दै सरसफाईमा सहयोग गर्ने विध्यालय र विध्यार्थीलाई व्याब्सन कमलका सचिव गौतमले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend