logo
शुक्रबार, साउन २९ २०८३

सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुन्छ : मुख्य मन्त्री कार्की


  • कुइनेटो न्युज
  • मंगलबार, पुष २ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार विधेयक आगामी हिउँदे अधिवेशनमा पेश हुने बताउनुभएको छ ।

विधेयकका सबै काम सकिएको भन्दै उहाँले आगमी अधिवेशनमा पेश गर्ने जानकारी दिनुभयो ।

आज कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोशी प्रदेशका नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उहाँले पत्रकारका हक हितको संरक्षण र पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास तथा सम्वृद्धिको लागि कृषिमा आधारित उद्योग र पर्यटन नै मुल आधार रहेको भन्दै अब सम्वृद्धिका लागि सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।

उहाँले कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै यसको लागि प्रचार प्रसार गर्न समेत आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले चिया सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहेको भन्दै सहयोगका लागि समेत आग्रह गर्नुभयो ।

अहिले विरोधका लागि विरोध गर्दै बन्द हड्ताल लगायतका विरोधका कार्य नगरी पर्यटक मैत्री वातावरण बनाउन समेत आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका नवनिर्वाचित कार्यसमिति, झापा, मोरङ, सुनसरी, धनकुटा र सोलुखुम्बु जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री कार्कीलेबधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा पत्रकार महासघका निर्बतमान अध्यक्ष लिलाबल्लभ घिमिरे , अध्यक्ष भरत खड्का , सुशीला पाठक लगायतले बोल्नुभएको थियोे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend