logo
शुक्रबार, साउन २९ २०८३

पत्रकारले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • मंगलबार, पुष २ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने बताउनुभएको छ ।
आज विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले नो नट अगेनका नाममा अनावश्यक रुपमा भ्रम फैलाउने काम भइरहेको छ, यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्छ ।’
उहाँले नो नट अगेनहरुले गरेका गतिविधिहरुबाट समाज छर्लङ्गै भएको बताउँदै यस्ता गतिविधिको निगरानी गर्दै पत्रकारहरुले जागरुकता पैदा गर्नु पर्नेमा जोड दिनुभयो । केही भएकै छैन भाष्य सृजना गरेर अराजकता फैलाउनेहरुका विरुद्ध लाग्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार पत्रकारहरुसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिले गरिरहेको कामका बारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा राससका अध्यक्ष झाले लेखेको मैथिली भाषाको पुस्तक ‘मिथिला मिथक’ पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend