कमल । कमल गाउँपालिका २ समायगढ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयले आज ५७ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा विध्यालयको नवनिर्मित भवन र संग्रालयको उद्घाटनका साथै उत्कृष्ट शिक्षक, विध्यार्थी र अक्षयकोष दातालाई सम्मानत र पुरस्कृत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले नव निर्मित भवन तथा र संग्रालयकोे उद्घाटन गर्नु भएको थियो ।
गाउँपालिकाले शिक्षाको सुधारकालागी प्राथमिकतामा राखेर काम गरिरहेको छ । जब सम्म शिक्षामा सुधार आउदैन तब सम्म विकास निर्माण लगायतको काम प्रभावकारी रुपमा हुन सक्दैन त्यसैले पालिकाको शैक्षिक सुधारकालागी पछिल्लो समय सामुदायीक विध्यालयमा भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिका लागी परेको गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।
५७ औं वार्षिक उत्सवका अवसरमा उच्च अदालत विराटनगरका माननिय न्यायधिश तथा पुर्व विध्यार्थी, रमा पराजुली, कमल गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपाने, अक्षयको दाताका संरक्षक, राजेन्द्र ढकाल र उमानाथ संजेल, तोपगाछी धरमपुर मैत्री समाजका अध्यक्ष यज्ञराज न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विध्यालय व्यवस्थापन समिति महासंघ कमलका अध्यक्ष पवन राईको अध्यतामा भएको कार्यक्रममा विध्यालयका प्रधानाध्याक बालकृष्ण संग्रौलाले विध्यालयको वार्षिक प्रदिवेदन प्रस्तुत गर्नुका साथै स्वागत मन्तव्य राख्नु भएको थियो ।
वार्षिक उत्सवका अवसरमा विध्यालयमा कार्यरत शिक्षक मध्ये २०८० सालको एसईई परिक्षमा सतप्रतिशत विध्यार्थी उत्रिण गराउन सफल शिक्षकरमा विष्णु प्रकाश निरौला, टिकादत्त गौतम, युवराज रिजाल र थिरराज पौडेललाई सम्मान गरिएको थियो ।
त्यस्तै विध्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोष दाताका संरक्षक लाई समेत सम्मान गरिएको थियो । यसरी सम्मानित हुने अक्षयकोष दाताका संरक्षकमा नारायण प्रसाद संजेल स्मृती छात्रवृत्ति अक्षयकोष (५लाख रुपैया, सरक्षक तोपगाछी धरमपुर मैत्री समाज ) तोपगाछी धरमपुर मैत्री समाज (४लाख) , छविरमण लक्ष्मि ढकाल अक्षयकोष स्मृती अक्षयकोष (३ लाख संरक्षक राजेन्द्र प्रसाद ढकाल) काशनिाथ तारानिधी सुवेदी स्मृति अक्षयकोष ( १ लाख ५० हजार कुवेरराज सुवेदी) भिमनाथ श्रेष्ठ स्मृती अक्षयकोष (१ लाख ५ हजार, पवित्रनाथ श्रेष्ठ),भिमबहादुर श्रेष्ठ स्मृती अक्षयकोष (१ लाख ५ हजार, भिमबहादुर श्रेष्ठ ),कर्ण कुमारी पुष्पा होन्ताके स्मृती अक्षयकोष (२ लाख ९५ हजार, पवित्रनाथ श्रेष्ठ) ,आशविर धनमाया स्मृती अक्षयकोष (१ लाख , फाग बहादुर राई) , मकरानन्द शिवकुमारी स्मृती अक्षयकोष (१ लाख १ हजार, लिलाकान्त भट्राई) ,खड्ग बहादुर बालुकादेबी कट्वालस्मृती अक्षयकोष (१ लाख २५ हजार, कण बहादुर कटवाल),बेदनाथ हस्तकुमारी पराजुली स्मृती अक्षयकोष (१ लाख १ हजार, चण्डी प्रसाद पराजुली) , हरी कार्की स्मृती अक्षयकोष (२ लाख १ हजार, २०५२ सालको एसएलसी व्याच) र पुष्पा पदमकुमारी ढकाल र छबीरमण सुमित्रा लक्ष्मिकुमारी ढकाल स्मृती अक्षयकोष (५ लाख, नन्दकुमार ढकाल )
अक्षयकोष बाट प्राप्त रमकको व्याज बाट विध्यालयमा अध्ययनरत ४ दर्जन भन्दा बढी गरिव, जेहेन्दार,तथा सिमान्तकृत विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रम विध्यालयका शिक्षक विष्णु प्रकाश निरौलाले सञ्चालन गर्नु भएको थियो ।