logo
मंगलबार, कार्तिक ११ २०८३

याक्थुङ राष्ट्रिय कलाकाहरुलाई हिलिहाङ चौकमा याक्थुङ युवा मन्चद्रारा सम्मान


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर २९ २०८१

कमल । याक्थुङ राष्ट्रिय ख्यातिप्राप्त कलाकाहरुलाई हिलिहाङ चौकमा याक्थुङ युवा मन्चद्रारा सम्मान गरिएको छ ।

कमल ३ स्थित हिलिहाङ-चौकमा चौक निर्माण समिती र याक्थुङ युवा मञ्च कमल गाउँपालिका कार्यसमितिको समन्वयमा
आयोजित याक्थुङ राष्ट्रिय ख्यातिप्राप्त कलकाहरुलाई हिलिहाङ चौकमा स्वागत  गरिएको हाे  ।

हिलिहाङ चौक निर्माण समितिका सस्थापक संयोजक बसन्तराज सुब्बको सभाध्यक्षमा एक औपचारिक कार्यक्रम गरी प्रमुख अथिती याक्थुङ लिम्बू भाषा,सस्कार सस्कृतीविद एवम कियाचु संघीय सचिब यासेली योङ्हाङ र विशेष अथिति याक्थुङ मुन्धुमी मौलिक पालाम गायिका दय मनु नेम्वाङ, निरन्ता नेम्बाङ र हिम शिखर टेलीभिजन संचारकर्मी मिना नेम्बाङ लिम्बूलाई याक्थुङ युवा मञ्च कमल कार्य समितिका अध्यक्ष आशिष लेछर्वो लिम्बु उपाध्यक्ष , मिक्की योङहाङ , उपाध्यक्ष प्रकाश आङबो सचिब मनोज खेवा लिम्बु ,सल्लाहकार मण्डेम लिम्बु , सदस्य मौसम लिम्बुले याक्थुङ्हरुको मौलिक सस्कार सस्कृति अनुसार खादा ओंड़ाई याक्थुङ/लिम्बुको प्रतीक सिलाक साक्माले सम्मान गरेको  थियाे ।

कार्यक्रममा   समाज सेवी सेलिना राई , उद्यमशिल महिला जागराण केन्द्रकी अध्यक्ष शान्ता दाहाल हिलिहाङ चौक निर्माण समिती संस्थापक सदस्य पशुराम पोखरेलले हस्त बाहुली बाट ढाकाको खादाद्वारा सम्मान गरिएको थियो ।

गत  मङ्सिर २२ गते याक्थुङ / लिम्बु समुदायहरुको उधौली पर्व यले तङबे ५०८४ न्वागी पुजा चासोक तङनाम कमल ३ केर्खामा भव्यता साथ  सम्पन भएर आयव्याय समेत पत्रकार सम्मेलन गरि  सार्वजनिक गरिएको थियाे ।

याक्थुङ राष्ट्रिय ख्यातिप्राप्त कलकाहरुलाई हिलिहाङ चौकमा सम्मान गरेको छ र कमलमा आउने दिनहरुमा अझ स्थानीय लोकप्रिय कलकारहरुलाई सम्मान गरिने र नयाँ कार्य कार्यक्रम समेत तयार भईसकेको याक्थुङ युवा मन्च कमल कार्य समितिले बताएको छ ।

 

भने सो कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य प्रमुख अथिती यसेली योङ्हाङ, याक्थुङ युवा मन्च कमल अध्यक्ष आशिष् लछेर्बो बिशेष अथितिहरु मनु नेम्वाङ,निरन्ता नेम्बाङ,संचारकर्मी मिना नेम्बाङ लिम्बू ,समाजसेवी राई योयाख्या कमल उपाध्यक्ष सेलिना राई , उद्यमशिल महिला जागराण केन्द्रकि अध्यक्ष शान्ता दाहाल,डानाइनमिक पब्लिक LDP कमला सस्थापक अध्यक्ष राजन चापागाईं लगायतले  उपस्थिति रहेकाे थियाे।

अतिथिहरुमा कियाचु राष्ट्रिय चुम्लुङ सदस्य नरेन हाङ लिम्बु , , समाजसेवी अमर मावोहाङ , च्याब्रुङ/के अभ्यान्ता सुमन केरुङ र मिडियाकर्मी सरन बेघा लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा  याक्थुङ लिम्बू समुदायको मौलिक धाननाच नाचमा आयोजक थाङ्बेन तर्फबाट यासेली योङ्हाङ गायकदय हिमाल लेछर्बो र तरेमातर्फ बाट मनु नेम्वाङ, निरन्ता नेम्वाङ र मिना लिम्बुहरुको मुखराबृन्द बाट पालम धाननाच भएको थियो भने कार्यक्रम संचालन बिरेन्द्र कुमार याक्थुम्बाले गर्नु भएको थियो ।

कार्यक्रममा सहजीकरण याक्थुङ युवा मन्च कमल सल्लाहकार मण्डेम लिम्बु , मन्च उपाध्यक्ष प्रकाश आङबो , समाजसेवी एङ्गल गुरुङ , अम्मर मावोहाङ, पवन ठाकुर, चक्र मावोले गरेको थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend