logo
शुक्रबार, साउन २९ २०८३

साउथपोलको वार्षिक उत्सवका अवसरमा लोक गायक ताजपुरीया सम्मानीत


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर २४ २०८१

कमल । झापाको कमल गाउँपालिका ६ स्थित साउथपोल एजुकेशनल फाउण्डेसनले आज वार्षिक उत्सव कार्यक्रम मनाएको छ ।
फाउण्डेसनले विभिन्न कार्यक्रम गरेर आफ्नो वार्षिक उत्सव कार्यक्रम मनाएको हो ।

वार्षिक उत्सवका आवसरमा फाउण्डेसनले गौरादको बजारैमा माया बस्यो हाम्रो भन्ने लोकगितका गायक सीताराम ताजपुरीयालाई सम्मान गरेको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष गौरिमान फागोले ताजपुरीयालाई खादा तथा सम्मान पत्र द्वारा सम्मान गर्नु भएको हो ।

त्यस्तै फाउण्डेसनले वार्षिक कार्यक्रमका अवसरमा विद्यालयमा अध्यायनरत विध्यार्थीहरले विभिन्न संस्कार संस्कृती भल्काउने लोकनृत्य ,आधुनिक नृत्य, गायन तथा गजल कविता प्रस्तुत गरे वार्षिक उत्सव मनाएको फाउण्डेसनका संस्थापक प्रिन्सिपल दिपक संग्रौलाले बताउनु भयो ।

 

फाउण्डेसनका व्यास्थापन समितीका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कमलका सचिव त्रिलोचन गौतम, कोषाध्यक्ष राम आङ्देम्बे सदस्य रिता खनाल , रुपक सापकोटा, भवना भण्डारीलगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम कक्षा १० मा अध्यायनरत विध्यार्थी सुरज सेडाई र अरुणा बस्नेतले सञ्चालन गर्नु भएको थियो भने शिक्षिका अनिशा भण्डारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend