कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा ९ औं चासोक तङनाम सम्पन्न भएको छ ।
याक्थुम लिम्बु समुदायहरुको मौलिक उद्यौली पर्व येले तङवे ५०८४ चासोक तङनाम (न्वागी पुजा) भव्यताका साथ सम्पन्न भएको हो ।
याक्थुम युवा मञ्च कमलको आयोजनामा भएको कार्यक्रममा विभिन्न संस्कार संस्कृतीको प्रदर्श गर्नुका साथै याक्थुम स्टार सिजन दुईका उत्कृष्ट पाच जना प्रतियोगीका साथै राष्ट्रिय तथा अन्तराष्ट्रि कलाकार द्वारा सांगितीक प्रस्तुती गरिएको थियो ।
याक्थुम युवा मञ्च कमलकाका अध्यक्ष आशिष लेक्षर्वो लिम्बुको अध्यक्षातामा भएको कार्यक्रममा याक्थुम मुन्धुमको ईतिहास र संस्कृतीका अध्येता डिबी आङ्बुङ्ग, याक्थुम युवा मञ्चका केन्द्रिय अध्यक्ष राजेन्द्र इदिङ्गो , चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले कमल गाउँपालिका १ नम्वर वडा अध्यक्ष केदार कटुवाल लगायतले चासोक तङनामको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रका संयोजक प्रेम मेन्याङ्वोको संयोजकत्वमा भएको कार्यक्रममा याक्थुम युवा मञ्च कमलकाका उपाध्यक्ष मिकी लिम्बु ले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम हिमाल लिम्बु र दिलु शेर्माले सञ्चालन गर्नु भएको थियो ।