कमल । कोशि प्रदेशका मुख्य मन्त्री हिक्मत् कुमार कार्कीले १७५ वर्ष लामो चियाको ईतिहासमा अझ धेरै काम गर्नु पर्ने बताउनु भएको छ ।
माङमालुङ चिया बगान लिमिटेड को २८ अैै बार्षिक साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तव्यका कममा मन्त्री कार्कीले बताउनुभएको हो ।
नेपालोको चिया विश्व बजारमा अत्यन्तै राम्रो भएपिन समय सापेक्ष चिया निति नभएकाले नेपालको चिया कौडिको मुल्यमा विक्रि भै रहेको बताउदै चियालाई अन्तर्राष्ट्रिय बजारमा विक्रि गर्नआवश्यक रहेको समेत मुख्य मन्त्री कार्कीले बताउनु भयो ।
कार्यक्रममा कोशि प्रदेश सभासद होम बहादुर थापा , पुर्व प्रदेश सभा सदस्य अर्जुन राई लगायतले साधारणसभा सफलताको शुभकामना राख्नु भएको थियो ।

चियावगानका अध्यक्ष किरण मुकारूङ्गको अध्यक्षमा साधरणसभा समपन्न भएको थियो भने सन्चालक सदसय शुशिला अधिकारीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो । साधारणसभा बाट नयाँ कार्यससमेत चयन हुने बगानका कार्यकारी निर्देशनक केदार लामिछानेले जानकारी गराउनु भयो ।