logo
शुक्रबार, साउन २९ २०८३

झापामा गौहत्या घटना : भद्रपुरको मेची पुलबाट भारत भाग्दै गरेका तीनसहित चारजना पक्राउ


  • कुइनेटो न्युज
  • बिहिबार, मंसिर १३ २०८१

झापा ।  झापाको कनकाई-३ टप्पुमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई- ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।

प्रहरीले तदारुकताका साथ खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । बुधन आलमलाई बाह्रदशी गाउँपालिका-४ बाट पक्राउ गरिएको हो भने कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका-५ मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले झापा जिल्ला अदालतबाट पशुपंछी सम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend