logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टार सिजन २ को ग्रानफिनालेमा विभिन्न व्याक्तिलाई सम्मान गरिने


  • उमानाथ भण्डारी
  • मंगलबार, मंसिर ११ २०८१

कमल । याक्थुङ स्टार सिजन २ को ग्रानफिनालेमा विभिन्न व्याक्तिलाई सम्मान गरिने भएको छ ।

तमोर टेलिभिजन ताप्लेजुङ्को आयोजनामा सञ्चालन भैरहेको याक्थुङ स्टार सिजन २ को ग्रानफिनाली (फाईनल) यहि मंसिर १४ गते ( नोमेम्वर २९ तारिक) कोशी प्रदेशको सुन्दर शहर धरान स्थित व्रिटिस गोर्खाहलमा सम्पन्न हुने र सो अवसरमा विभिन्न व्याक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको अवसर पारेर ईतिहासकार, संगितकार, गितकार, गायक, मुन्धुमविधलाई इम्बिरि यनङ्थाङ् खासाम तमोर याक्थुङ सभ्यता नामक एवाड द्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।

                                                                                               सम्मानित व्याक्तिहरु

सिक्किम सरकारका भुपू मन्त्री जि एम गुरुङ याक्थुङ भाषा र नेपाली गायक तथा शब्द संगितकार नायक याक्थुङ इतिहासकार याक्थुङ मुन्धुम विदहरुलाई याक्थुङ स्टार सिजन २ को तागेरा निङवाभु युमामाङ चोत्लुङ राउन्ड फाइनलमा याक्थुङ सभ्यतालाई बिश्व भरि प्रचार प्रसार गर्ने उदेश्यले इम्बिरि यनङ्थाङ् खासाम तमोर याक्थुङ सभ्यता नामक एवाड ले नेपाल र सिक्किमका ईतिहारकार, संगितकार, गायक लगायत कलाकारहरुलाई सम्मान गर्ने भएको हो ।

यसरी सम्मानति हुनेहरुमा ,सिक्किमका भुपु मन्त्री जि एम गुरुङ, कलाकारहरुमा प्रमोद लिम्बू , बिनय लिम्बू , भिममाया लिम्बू , बि बि लिम्बू , सुक हाङ, लिला लिम्बू लगायतका कलाकारहरुलाई अभिनन्दन पत्र ले सम्मान गरीने भएको हो ।

त्यसैगरी कार्यक्रममा सम्मान (नाजम सक) पत्रले सिक्किम र नेपालका २४ जना अभियानता, समाजसेवी व्याक्तिहरुलाई समेत सम्मान गर्ने आयोजक याक्थुङ स्टार सिजन २ का सिईओ ब्रोसिस माबोहाङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend