कमल। याक्थुङ स्टार सिजन २ को ग्रानफिनाले धरानमा हुने भएको छ ।
तमोर टेलिभिजन ताप्लेजुङ्को आयोजनामा सञ्चालन भैरहेको याक्थुङ स्टार सिजन २ को ग्रानफिनाले (फाईनल) यहि मंसिर १४ गते ( नोमेम्वर २९ तारिक) कोशी प्रदेशको सुन्दर शहर धरान स्थित व्रिटिस गोर्खाहलमा विहान ९ बज देखी सञ्चालन हुने आयोजकले जनाएको छ ।
“याक्थुंङ भाषा याक्थुंङ लिपी याक्थुंङहरुको सान,मौलिकता र अस्तित्व बचाउने याक्थुंङ स्टारको अभियान”भन्ने नाराका साथ याक्थुङ स्टार सिजन २ को धरानमा हुन गहिरहेको ग्रानफिनालेमा प्रमुख अतिथी सिक्किम सरकारका पुर्व मन्त्री हाल सिक्किम सरकारका उपाध्यक्ष जि. एम. गुरुङको प्रमुख आतिथ्यतमा कार्यक्रम हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकर समेत सहभागी हुने आयोजक सस्थाका अध्यक्ष तथा कार्यक्रमका सिईओ मनिकुमार लिम्बुले (ब्रोसिस) जानकारी दिनुभयो ।
याक्थुङ स्टार सिजन २ को फाईनलमा साहिल लिम्बु (सिक्किम) रविना आङ्देम्बे (पाँचथर) सन्जिव मेन्याङ्वो (ताप्लेजुङ्) लक्ष्मण थेगिम (सिक्किम) , प्रमिला फियाक(पाँचथर) र रविन लेक्र्षवो (ताप्लेजुङ्) बिच अन्तिम प्रतिष्पर्धा हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ४ लाख रुपैया द्वतियले २ लाख ५० हजार र तृतिय हुनेले १ लाख ५० हजार रुपैया नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।