कमल । झापाको कमल गाउँपालिका ३ की जानुका देवि सिवाकोटी विगत १५ वर्ष देखी वैशाखीको भरमा हुनुहुन्छ ।
सामान्य अवस्थामा रहेकी सिवाकोटीलाई अचानक देब्रे खुट्टा दुख्न थाल्यो त्यसको केहि समय पछि दाईने खुट्टा समेत दुख्न थाल्या उपचार गराउनकालागी धेरै डाक्टरको गएपनि अहिले झनझन समस्या बढीरहेको सिवाकोटी बताउनुहुन्छ । खुट्टा दुख्ने रोग बाट वर्षौ पिडित बनेकी सिवाकोटीलाई वडा मै सिविर सञ्चालन भएकोले केहि समस्या समाधान हुन्छकी भन्नेमा आशावादी रहनु भएको छ ।
२०७८ को जनगणना अनुसार कमल गाउँपालिका १ हजार १३२ जना अपाङ्गता भएका व्याक्तिहरु रहेको तथ्याङ्क सार्वजनिक भएपनि अहिले शिविर सञ्चलन गर्नु भन्दा पहिले गरिएको सर्वेक्षण अनुसार कमल गाउँपालिकामा ८ सय ९२ जना अपाङ्गता भएका व्याक्तिहरु फेला परेका छन् । यो शिविरले ति सबै अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गर्ने भएकोले शिविर बाट सबैलाई फाईदाहुने कमल अपाङ्गता महासंघका अध्यक्ष पिताम्वर खड्का बताउनु हुन्छ ।
शिविरमा आउनु भएका सबै व्याक्तिहरको स्वस्थ्य परिक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरणका साथै स्वस्थ्य परिक्षण बाट वहाहरलाई के कस्तो सामाग्री आवश्यक पर्छ त्यो समेत उपलब्ध गराईने करुणा फाउण्डेशन नेपालको तर्फ बाट कमल गाउँपालिकाकी संयोजक रुविना थापा बताउनु हुन्छ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, कमल गाउँपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा कमल गाउँपालिकामा अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर हुदैछ ।
शिविर बाट गाउँपालिका मित्र बसोवास गर्ने सम्पुर्ण अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण आवश्यकता पहिचान र परिचय पत्र वितरण गरिने र वहाँहरुलाई आवश्यक पर्ने सहायक सामाग्री समेत वितरण गरिने कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।

कमल गाउँपालिकामा गत मंसिर ४ गते बाट विशर सूरु भएर आजसम्ममा वडा नम्वर ४,२ र ३ मा शिविर सम्पन्न भएको छ भने बाँकी वडामा क्रमस सञ्चालन गर्दै आगामी मंसिर १० गते कमल गाउँ पालिकाका सम्पुण वडामा शिविर सम्पन्न हुने गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिनुभयो ।
कोशी प्रदेशका ३० वटा पालिकामामा सञ्चालनमा रहेको अपाङ्ता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षणगरी पुनः स्थापनाकालागि हरेक व्याक्तिको आवश्यकता पहिचान गरी परचयपत्र वितरणका गर्ने कार्य कोशि प्रदेशमा धमाधम भैरहेको छ ।
शिविरले वास्तविक अपाङ्गता भएका व्याक्तिहरुको पहिचान गरी स्वस्थ्य परिक्षण आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गरी समाजमा पुनः स्थापनाका गर्ने सके मात्र शिविर सञ्चालन गरेको अौचित्य रहन्छ । नत्र शिविर सञ्चालनमा खर्च भएको लाखौ रुपैया वालुवामा पनि हाले सरह हुनेछ ।