logo
शुक्रबार, साउन २९ २०८३

स्व. राईको स्मृतिमा ५ लाख रुपैयाको अक्षय कोष स्थापनाको घोषणा, परिवारलाई ५१,०१० रुपैया आर्थिक सहयोग प्रदान


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर ५ २०८१

कमल । सताक्षी प्रेस क्लवका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक स्व. पवन चाम्लिङ राईको स्मृतिमा ५ लाख रुपैयाको अक्षय कोष स्थापनाको घोषणा गर्दै परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

स्व. राईको सम्झनामा वहाँकै निवासमा एक कार्यक्रमको आयोजना गरी राईको स्मृतिमा प्रेस क्लवको पहलमा ५ लाख रुैपैयाको अक्षय कोष स्थापना गर्ने र त्यस मार्फत पत्रकारिता पुरस्कारको घोषणा गर्नुका साथै स्व.राईको नावालक २३ महिनाको छोरालाई नगर भित्र सञ्चालनमा रहेका विध्यालयमा कक्षा १२ अध्यायन गरुन्जेल प्रेस क्लवले अभिभावकत्व ग्रहण गर्ने सताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले बताउनु भयो ।

सताक्षी प्रेस क्लवमा आवद्ध पत्रकार, साहित्यकार, कवीहरुको तर्फ बाट संकलन गरिएको सहयोग रकम ५१ हजार १० रुपैया शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघहाङ थोप्रा रोशन मार्फत स्व.राईकी श्रीमती ईन्दु कुमारी राईलाई प्रदान गरेको थियो ।

कार्यक्रममा नगरप्रमुख मेघहाङ थोप्रा रोशन , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी स्व.राईका दाई तथा फेस नेपालका अध्यक्ष कविराज राईले स्वं राईले समाजमा पुर्याको योगदानको चर्चा गर्दै वहाँले अगाडी सारेका कामलाई पुरा गर्न आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
स्व.राईको गत भदौ २३ गते विरामी भई उपचारका क्रममा मृत्यु भएको थियो ।

 

 

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend