logo
शुक्रबार, साउन २९ २०८३

स्वास्थ्य मन्त्री पौडेल द्वारा चुलाचुली अस्पतालको उद्घाटन

निर्माण सम्पन्न भएका अस्पतालमा आवश्यक उपकरण सहित जनशक्ति व्यवस्थापन गर्न सरकार लागी परेको छ


  • उमानाथ भण्डारी
  • सोमबार, मंसिर ३ २०८१

चुलाचुली । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पता निर्माण भन्दा पनि निर्माण सम्पन्न भएका अस्पतालमा आवश्यक उपकरण सहित जनशक्ति व्यवस्थापन गर्न तर्फ सरकार लागेको बताउनु भएको छ ।

सो कुरा आईतवार ईलामको चुलाचुली २ स्थित चुलाचुली अस्पतालको उद्घाट तथा अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञको समापनको अवसरमा आफ्नो मन्तव्यका क्रममा मन्त्री पौडेलले बताउनु भएको हो ।
अहिले देशभर ४७ वटा भन्दा बढी अस्पताल निर्माण भै सकेका छन् । तर निर्माण सम्पन्न भएका अस्पतालमा आवश्यक उपकरण र जनशक्ति नभएका कारण अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । त्यसैले अब ति अस्पतालमा आवश्यक जनशक्ति र उपकरण व्यवस्था गर्न तर्फ सरकार लागेको मन्त्री पौडेलको भनाई छ ।


आगामी दिनमा अस्पताल निर्माण गर्दा आवश्यकताको आधारमा मात्र निर्माण गरिने र अस्पतालले प्रदान गरेको सेवाको आधारमा अस्पतालको बर्गिकरण गरिने समेत मन्त्री पौडेलले बताउनु भयो । त्यस्तै स्वस्थ्य विमालाई वृद्धी गरेर ५ लाख प्र्याउने तयारी भै रहेको समेत मन्त्री पौडेलले बताउनु भयो ।

चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञको समापन को अवसरमा अस्पताल निर्माणकालागी जग्गा प्रदान गर्ने जग्गा दाता, महायज्ञमा सहयोग गर्ने सहयोग दाता लगायतलाई सम्पमान गरिएको थियो ।

कार्तिक २६ गतेदेखि मंसीर २ गतेसम्म चुलाचुली–२ वाह्रगोठे स्थित अस्पताल परिसरमा आयोजना भएको समावेशी श्रीमद् भागवत सप्ताह महापुराणको समापन गर्दै पुराण अवधीभर सहयोग गर्ने विभिन्न संघसस्थाका प्रतिनिधी, विभिन्न धर्मका प्रवर्तक, मुल आयोजक समितिका सदस्य स्थानिय वसी लगायतलाई चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले धन्यवाद दिनु भएको थियो ।

अस्पताल सञ्चालनकालागी आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनकालागी अस्पतालको तर्फ बाट तयार पारिएको मागपत्र गाउँपालिकाका अध्यक्ष केरुङले मन्त्री पौडेललाई बुझाउनु भएको थियो ।

सामान्य विरामी हुदा झापाको भर पर्ने गरेका चुलाचुली वासीलाई अस्पताल अस्पताल उद्घाटनले धेरै राहात मिल्लेमा स्थानिय बासी आसावादी रहेका छन् ।

हिजो सामान्य विरामी हुदा जिल्ला वाहिर भएका अस्पताल सम्म पुग्नकालागी चुलाचीली गाउँपालिकामका नत सडक थियो नत भने जस्ता सवारी साधान तर आज स्थानिय सरकार आएपछि गाउँमै अस्पताल बनेको छ ।

अस्पताल सम्म जानकालागी सडक सञ्जालको विस्तार भएको छ भने स्थनिय अस्पतालमा सम्भव नभएका विरामीकालागी अन्य अस्पतालमा लानकालागी पालिका संग ३ तिन वटा एमवुलेन्स समेत सञ्चालनमा रहेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend