logo
शुक्रबार, साउन २९ २०८३

झापामा सालनालसहितको नवजात शिशु फेला


  • कुइनेटो न्युज
  • शुक्रबार, कार्तिक ३० २०८१

झापा।   झापाको मेचीनगर स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।

मेचीनगर–१० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको नांगै जीवित नवजात शिशु (बालिका) लाई कमिलाले टोकिरहेको रक्ताम्य अबस्थामा मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे अधिकारीले ती नवजात शिशु ल्याई जिम्मा बुझाएकी थिइन् । सामान्य अबस्थाका ती शिशुलाई मेचीनगर –१० न। वडा कार्यालयमार्फत फेला पार्ने महिलालाई सरक्षणको लागि जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend