logo
शुक्रबार, साउन २९ २०८३

सञ्जिवनी साकोसको १७औं वार्षिकोत्सवमा रक्तदान, ५१ पिन्ट रगत संकलन


  • कुइनेटो न्युज
  • बिहिबार, कार्तिक २९ २०८१

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १७औं वार्षिकोत्सव वृहत रक्तदानसँगै अन्य विविध मनोरञ्जन गरी मनाएको छ ।

२०६४ साल कात्तिक २७ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवामा दर्ता भएको सञ्जिवनी साकोसले आज १७ वर्ष पूरा गरेको हो । १८औं वर्ष प्रवेशको अवसरमा बिर्तामोडमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्नु भएको ।

संस्था सञ्चालक समितिका उपाध्यक्ष दिनेशकुमार सुवेदीको अध्यक्षतामा आयोजित वार्षिकोत्सव विशेष रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा अन्तरगत रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

उक्त अवसरमा मन्तब्य राख्दै कार्यक्रमका अध्यक्ष सुवेदीले रक्तदान जीवन दान भन्ने महान नारालाई सार्थक बनाउँदै आफूहरुको सहकारीले पनि सामाजिक कार्यमा अग्रसरता देखाइरहेको बताए । एक पाउण्ड रगतको अभावमा कुनै व्यक्तिको जीवन नै समाप्त हुने अवस्थाको अन्त्य गर्न अमूल्य दान नै रक्तदान हुने भएकाले परोपकारी कार्यका लागि पनि यो महत्वपूर्ण रहेको बताउनु भयो ।

सञ्चालक समितिका सदस्य तारा कार्कीले सञ्चालन गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई संस्था सञ्चालक समितिका उपाध्यक्ष सुवेदी, सचिव मेघराज बाँस्तोला, कोषाध्यक्ष शिवबहादुर कट्वाल, सञ्चालक समिति सदस्यहरु शिवबहादुर दाहाल, अनिता गौतम, कार्की तथा लेखा सुपरीवेक्षण समितिका सदस्य धनपति मैनाली लगायतले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

यसैबीच संस्थाको स्थापना दिवस तीन स्थानमा केक काटेर हर्षोल्लासपूर्वक मनाइएको छ । संस्थाको मुख्य कार्यालय बिर्तामोड, सेवा केन्द्र कार्यालय भद्रपुर र संस्थाका अध्यक्ष यामकुमार चुडालको नेतृत्वमा सहकारी अवलोकन भ्रमणमा रहेको टोलीले हेटौंडामा केक काटेर मनोरञ्जनका साथ मनाएका हुन् ।

बिर्तामोडस्थित मुख्य कार्यालयमा संस्थाका पूर्वअध्यक्ष चक्रप्रसाद खरेलले दीप प्रज्वलन गरी केक काटेर उपाध्यक्षसहित सञ्चालक तथा कर्मचारीहरुलाई खुवाएका थिए ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend