logo
शुक्रबार, साउन २९ २०८३

सताक्षीधाम मन्दिरका अध्यक्ष सहित जुवाडे पक्राउ


  • कुइनेटो न्युज
  • शुक्रबार, कार्तिक २३ २०८१

फाएल तस्विर

झापा। जुवा जन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगद सहित १८ जना पक्राउ परेका छन् । वडा नम्बर ११ ब्यांगडाडा स्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जना लाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।
उनिहरुको साथ बाट प्रहरीले  ४ लाख ५४ हजार ५०० रपैया समेत बरामद भएको जनाएको छ ।

। पक्राउ पर्नेमा शताक्षी धाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी रहको प्रहरलिे जनाएको छ ।

। यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजू दर्जी पक्राउ परेका छन् ।

यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमक राखिएको छ । शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend