logo
शुक्रबार, साउन २९ २०८३

मुख्यमन्त्री कार्कीले बहिनिहरुबाट साइतको टीका ग्रहण


  • कुइनेटो न्युज
  • आइतबार, कार्तिक १८ २०८१

बिराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज शुभ साइतमा बहिनिहरुबाट भाइ टीका ग्रहण गर्नुभयो ।

झापा गौरदह तीन स्थिति निवासमा बहिनीहरुबाट उहाँले टीका ग्रहण गर्नुभएको हो । बहिनी सुशीला कार्की र पार्बता थापाबाट दाजु दिपक कार्की सगै मुख्यमन्त्री कार्कीले टीका ग्रहण गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीका पाच जना दिदिबहिनी हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले टिका ग्रहण सगै नेपालीहरुको मौलिक पर्बले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो ।

नेपालीहरुको संस्कृति ,परम्परा र चाडपर्वले हाम्रो पहिचानलाई स्थापित गर्ने बताउदै यस्ता संस्कृति ,परम्परा र चाडपर्वको संरक्षण गर्नु सबै दायित्व भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend