logo
शुक्रबार, साउन २९ २०८३

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न


  • उमानाथ भण्डारी
  • बुधबार, कार्तिक १४ २०८१

कमल । झापको कमल गाउँपालिका ३ स्थित श्री नम्बर २१ बाहिनी अड्डा, तोपगाछि व्यारेकमा आज सि.सं. १५ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ ।

बाहिनी अड्डामा विशेष कार्यक्रम आयोजना गरी अन्तिम दलेल कवाज प्रदर्शन गरिएको थियो ।
गत २०८० साल पुस १७ गते बाट सुरुभएको सैन्य तालिम आज सम्पन्न भएको हो । तालिममा विभिन्न जिल्लाबाट सहभागी भएका १ सय ३ जना सैन्य शिक्षार्थीहरु दिक्षित हुनुभएको थियो ।

अन्तिम दलेल कवाजका प्रमुख अतिथि श्री नं. २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवधिर मान सिंह अधिकारीले अन्तिम दलेल कवाजको सलामी ग्रहण गर्नुको साथै नवआयुक्त सिपाहिहरुबाट प्रदर्शन गरिएको उच्च स्तरको कवाजको प्रशंसा गर्नुको थियो ।
त्यस्तै सैन्य आधार तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गरी सर्वप्रथम हुनु भएका सैन्य शिक्षार्थी सुजल तामाङ्ग र तालिमको अन्य विधाहरुमा उत्कृष्ट हुने सैन्य शिक्षार्थीहरुलाई पूरस्कार वितरण गरिएको थियो ।

बाहिनीपति अधिकारीले आफ्नो मन्तव्यको क्रममा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको र “माटोले माग्दैन आफैले दिनुपर्छ“ भन्ने यथार्थलाई मनन् गर्दै आगामी दिनहरुमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्ने निर्देशन दिनु भएको थियो ।

नेपाली सेनामा आबद्ध भई मातृभूमीको सेवामा समर्पित रहन अभिप्रेरित गराउनु हुने सम्पुर्ण आदरणीय बुबा, आमा लगायत आफन्तजनहरुलाई नेपाली सेनाको तर्फबाट हार्दिक आभार व्यक्त गर्नु भएको थियो।

उक्त कार्यक्रममा स्थानिय निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, प्रधानाध्यापक टेलिभिजनकर्मी, पत्रकार, नवआयुक्त सिपाहीहरुका आफन्तजन लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend