logo
शुक्रबार, साउन २९ २०८३

जनाअस्थाको १८ औ बार्षिक साधारणसभामा सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, कार्तिक १० २०८१

डुडामारी । जनाअस्था बचत तथा ॠण सहकारी संस्थाले आफ्नो १८ औ बार्षिक साधारणसभामा विभिन्न ब्यक्तिलाई सम्मान गर्दै सम्पन्न भएको छ ।

शनिबार भगवती आधारभुत बिध्यालयको प्रङ्गणमा भएको साधारणसभा शिवसताक्षी नगरपालिकाको उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्य र संस्थाको अध्यक्ष जयश्वर आङ्देम्बेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष जयश्वर आङ्देम्बेले सस्थाको बार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

अध्यक्ष आङ्देम्बेले आ व ०८०/०८१ मा सस्थाको चुक्ता शेयर पुजी ८२ लाख ३७ हजार ७ सय रहेको र सस्थाको जगेडा कोषमा ८० लाख ७३ हजार ४ सय १८ रहेको बाचन गर्नु भयो । त्यस्तै सस्थाले यस आ ब मा कुल आय-ब्यय ७७ लाख २६ हजार ५ सय ८८रुपैया बराबर कारोबार गरेको अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ ।

हाल ४ सय ५० जना शेयर सदस्यहरु रहेको सस्थामा
अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदनलाइ साधारणसभाको बन्दसत्रले सर्ब सम्मत अनुमोदन गरेको छ ।

सस्थाले सो अवसरमा ३ जना शेयर सदस्यहरुलाई नगद सहित सम्मन पत्र द्वारा सम्मान गरिएको छ। यसरी सम्मानित हुनेमा उत्कृष्ट बचतकर्ता चन्द्रकुमारी राई, उत्कृष्ट ॠणी टिकाराम भण्डारी र जेष्ठ शेयर सदस्य यामबहादुर मगर रहेका छ्न ।

उनिहरुलाई कार्यक्रममा  प्रमुख अतिथि सिवसताक्षी नगर उपप्रमुख नरमाया कार्की र सस्थाका अध्यक्षले सम्मान गर्नु भयो ।

कार्यक्रमलाई सबोधन गर्नुहुदै प्रमुख अतिथी कार्कीले सहकारीले बचत गर्ने बानी बसाल्दा ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई उद्यमी बन्न प्रेरित गरेको बताउनु भयो । थोरै थोरै गरेको बचतले ठूलो काम गर्न सकिन्छ । कतिपय सहकारीहरु सहकारी ऐन नीति विपरित चल्दा डुबेका पनि छन् ।

त्यसलाइ नियम गर्ने निकायले बेला बेलामा अनुगमन गर्दै जानु आवश्यक रहेको प्रमुख अतिथि कार्कीले बताउनु भयो ।

सो अवसरमा स्थानीय समाजसेवी राजिब घिमिरे, भगवती आधारभुत बिध्यलयका प्र अ टेकबहादुर थापा मगर, निम्बस इङ्लिस स्कुलका सस्थापक प्रीन्सिपल राजेन बुडाथोकी ,सस्थाका सल्लाहकार सम्योजक दलकुमार सेर्मा र वडा सदस्य टिकामाया बिश्वकर्माले शुभकामना मन्तब्री बोल्नु भएको थियो ।

शेयर सदस्यहरुको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको स्वगत मन्तब्य सस्थाका सहसचिव सीता रोक्काले बोल्नु भएको थियो भने कार्यक्रम सचालन सस्थाका सचिब गङ्गाप्रसाद ओझाले गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend