logo
शुक्रबार, साउन २९ २०८३

याक्थुङ स्टार सिजन २ को मुन्धुम राउण्ड सिक्किममा हुने


  • उमानाथ भण्डारी
  • शुक्रबार, कार्तिक ९ २०८१

कमल । याक्थुङ स्टार सिजन २ को मुन्धुम राउण्ड सिक्किममा हुने भएको छ ।

अमर कृती म्युजिक प्रा.लिको आयोजनामा सञ्चालन भैरहेको याक्थुङ स्टार सिजन २ को मुन्धुम राउण्ड यहि कात्तिक ११ गते ( अक्टोवर २७ तारिक)भारतको सिक्किम राज्य स्थित गेजिङ सामुदायीक हलमा सञ्चालनहुने आयोजकले जनाएको छ ।

“याक्थुंङ भाषा याक्थुंङ लिपी याक्थुंङहरुको सान,मौलिकता र अस्तित्व बचाउने याक्थुंङ स्टारको अभियान”भन्ने नाराका साथ सिक्किममा सञ्चालनमा हुने याक्थुङ स्टार सिजन २ को मुन्धुम राउण्डमा प्रमुख अतिथी सिक्किम सरकारका पर्यटकिय नागरिक उडान वाणिज्य र उद्योग विभागीय मन्त्री टिटी भोटियाका साथै विभिन्न संघ सस्थाका प्रतिनिधीहरु समेतको उपस्थितीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकर सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने कलाकारहरुमा प्रतिमा फियाक लिम्बु, कर्मिला आङ्गदेम्बे, राधा लावती, रविना आङ्गदेम्बे,विजेता सुनुवार, रविन लिम्बु, विनाृद लिम्बु, संजिव लिम्बु, निर लिम्बु, सामयाङ्ग लिम्बु, साहिल लिम्बु र लक्षण लिम्बु बिच प्रतिपष्र्धा हुने आयोजक सस्था अमर कृती म्युजिक प्रा.लिका अध्यक्ष तथा कार्यक्रममा सिईओ मनिकुमार लिम्बुले (ब्रोसिस) जानकारी दिनुभयो ।

याक्थुङ स्टार सिजन २ को निर्णायकमा सञ्चमान ताम्लिङ लिम्बु , सुनिता साम्यक लिम्बु र प्रमोद मावोहुनुन्छ भने सिक्किमका हुने कार्यक्रमामा अतिथी निर्णायकमा याक्थुङ स्टार सिजन २ का अन्तराष्ट्रिय अभियान्ता तिलहाङ लिम्बुका साथै सुकवीर लिम्बु, भिममाया सावदेन र डम्बर राई रहनुहुने कार्यक्रमका सिईओे ब्रोसिस लिम्बुले बताउनु भयो ।

ब्रोसिस सिक्किम सरकार द्वारा सम्मानित हुँदै

अमर कृती म्युजिक प्रा.लिका अध्यक्ष तथा याक्थुङ स्टार सिजन २ सिईओ मनिकुमार लिम्बु (ब्रोसिस) लाई सिक्किम सरकारले अभिन्नदन गर्ने भएको छ ।
याक्थुङ मौलिकता बचाउ अभियानका अभियान्ता सहेत रहनु भएका लिम्बुलाई सिक्किम सरकारका पर्यटकिय नागरिक उडान वाणिज्य र उद्योग विभागीय मन्त्री टिटी भोटियाले अभिन्नदन पत्र द्वारा सम्मान गर्ने अमर कृती म्युजिक प्रा.लिले जनाएको छ ।

२०८१ कात्तिक ११ गते ( अक्टोवर २७ तारिक २०२४) का दिन सिक्किम राज्य स्थित गेजिङ सामुदायीक हलमा सञ्चालनहुने याक्थुङ स्टार सिजन २ को मुन्धुम राउण्डको अवसर पारेर लिम्बुलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend