logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले द्वारा १० लाख रुपैयाँ सहयोग


  • कुइनेटो न्युज
  • बिहिबार, कार्तिक ८ २०८१

विराटनगर । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुननिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो ।

आज एक कार्यक्रमका बीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हस्तान्तरण गर्नुभयो ।
बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्र्तगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ ।

चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेसनले सहयोग गरेर सुरुवात गरेकोमा धन्यवाद दिनुभयो । मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।यस कोष प्रदेशको पुनर्निर्माणमा महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धि काम गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी हुनुहन्थो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend