logo
शुक्रबार, साउन २९ २०८३

मुख्यमन्त्री कार्की र नेपालका लागि स्वीस राजदूत डा. मेउलीबिच शिष्टाचार भेटवार्ता


  • कुइनेटो न्युज
  • सोमबार, कार्तिक ५ २०८१

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनाका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले बताउनुभयो । राजदूत बनेर आएपछि पहिलो पटक मुख्यमन्त्री कार्कीसँग उहाँले भेट गर्नुभएको हो ।

स्वीस सरकारको सहयोगमा सञ्चालिन परियोजनाहरुमा अहिलेसम्म भएको प्रगतिका र आगामी सहकार्यका विषयमा छलफल भएको हो ।

उहाँहरुबीच कोशी प्रदेश सरकारले यो आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिनुभयो । भेटवार्तामा स्वीस राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्वीस सरकार तयार रहेको र क्षेत्र मिल्ने परियोजनाहरुमा सहकार्य भइरहने बताउनुभयो ।


कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा खानेपानी तथा सिचाइँ मन्त्रालय अन्तरगत ८ वटा पहाडी जिल्लामा साना सिचाइँ आयोजना, झोलुंगे पुलमा प्राविधिक सहयोग तथा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्र्तगत शीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरु सञ्चालनमा छन् ।

यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत सुशासनसँग सम्बन्धित पिएलजिएसपी परियोजना सञ्चालनमा रहेको छ । त्यस्तै सामाजिक विकास अन्तर्गत नै युवा उद्यमशिलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धन सम्बन्धी परियोजनाहरु सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend